हुप्सेकोट गाउपालिकाको गाडीले ठक्कर दिदा ५ वर्षिय बालकको मृत्यु

0

७ माघ । नवलपुरमा हुप्सेकोट गाउपालिकाको गाडीले ठक्कर दिँदा ५ वर्षिय बालक दिप गाहाको घटना स्थलमै मृत्यु भएको छ । गाउँपालिका कार्यालय देखि १०० मिटर नजिक घरमा खेलीरहेका उनको साँझ ५ बजेतिर गाउपालिका उपाध्यक्षलाई घर छोडेर फर्कने क्रममा ग १ झ ३८९ नम्वरको गाडिले ठक्कर दिँदा मृत्यु भएको हो ।

हुप्सेकोट गाउपालिका ४ नयाँ बजारमा बाटोमा रोकिराखेको हुप्सेकोट गाउपालिका वडा नम्बर २ का वडाअध्यक्ष चढ्ने मोटरसाईकलमा गाउपालिकाको गाडिले ठक्कर दिए पश्चात गाडि अनियन्त्रित भएर घरमा ठक्कर दिन पुगेको थियो । गाउपालिकाको गाडिले मृतक बालक सहित बालको आमा र एक युवालाई ठक्कर दिएको र उनीहरुको अस्पतालमा उपचार जारी रहेको छ । चालक भने फरार रहेका छन् ।

Share.

Leave A Reply