गैडाकोटमा बन्नेभो त्रिमार्ग ।।

0

राजेन्द्र पौडेलगैडाकोट माघ ७।गैडाकोट नगरपालिकाले नदी उकास जमिनको संरक्षण एवं वन्य जन्तु व्यवस्थापनका लागि मानव वन्य जन्तु द्वन्द व्यवस्थापन तथा बाटो निर्माण कार्यक्रम अन्र्तगत त्रिमार्गको काम अगाडि वढाएकोछ । आज गैडाकोट नगरपालिका वार्ड नं ६ र ७ को सिमाना चाइनाटाउन बाट वार्ड नं ७ तर्फ नारायणी नदि र जयश्री खोलाको दोभान सम्म नगरपालिकाको ५१ लाख अनुदान र उपभोक्ताको तर्फ बाट रु १०लाख गरि करिव ६१लाखको लागतमा २.२ किलोमीटर बाटो निर्माण हुनेछ । गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले मंगलबार सिल्यानास गर्नु भएको बाटो नारायणी नदिको कीनारै कीनार तिस मिटर चोडा हुनेछ । जसमा दुइमिटर गहिराइ र दुई मिटर चौडा ढल रहने छ त्यस्तै तिन मिटर बरावरको फूटपाथ र ग्रीन वेल्ट बन्नेछ । साविक गैडाकोट गाविस वाड नं ७ का पुर्व अध्यक्ष एवं मानव वन्य जन्तु द्वन्द व्यवस्थापन तथा बाटो निर्माण कार्यक्रम समितिका अध्यक्ष शशिधर कंडेलले अहिले असार मसान्त सम्म बाटोको रेखाङकन ग्राइवेल तारबेर तथा हयुमपाइप राख्नेकाम सम्पन्न गरिने बताउनु भयो। अध्यक्ष कडेलका अनुसार यो बाटो निर्माण गरिसकेपक्षि गैडाकोट ६,७ र ९ मा वर्षेनी समस्याकोरुपमा रहेको गैडा आतङकमा न्युनिकरण हुने बताउनुभयो । भोलिका दिनमा यस स्थानमा पार्कको निर्माण पनि गरिने भएकोले यातायात, विहार क्षेत्र र मानव वन्य जन्तु द्वन्द व्यवस्थापनगरिने छ । यसरी त्रिपक्षिय विकासलाई लिएर थालनिगरिएको यो बाटो त्रिमार्गको रुपमा विकास हुने छ ।आगामि दिनमा यो बाटो नारायणी कीनारै किनार पुर्व तर्फ नारायणी पुलमा पुग्नेहुनाले साविक गैडाकोटको विकासको अर्को महत्वपुर्ण ढोका खुल्ने छ । आज सिल्यानस कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कंडेल, अतिथिमा नेपाल कम्युनिष्ट पार्टि नेकपाका प्रदेश सदस्य धनप्रसाद सापकोटा नेपाली काग्रेस नगर सभापति तारापति खरेल सामुदायीक वन उपभोक्ता माहासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटा नारायणी सामुदायीक बनका अध्यक्ष दिनानाथ त्रिपााठि वार्ड नं ७ का वार्ड अध्यक्ष चोलानाथ उपाध्याय , ६का अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा वार्ड नं ५ का अध्यक्ष नवराज कंडेल लगायत सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply