तनहुँको ग्रामीण गाउँ ऋषिङमा प्राविधिक शिक्षाका लागि महायज्ञ गरिदै, मनैबाट सहयोग गर्न आह्वान

0

डोलराज रानाभाट, ९ माघ । तनहुँको दक्षिण भेगमा रहेको ऋषिङ गाउँपालिका ८ हवेलीडाँडा मा अवस्थित शिव सरस्वती माध्यामिक विद्यालय मा प्राविधिक शिक्षा संचालन गर्न महायज्ञ गरिने भएको छ । वर्षौँसम्म राज्यबाट पूर्वाधार विकासमा खासै चासो नदिएको दक्षिणी भेग, शिक्षा लगायतका क्षेत्रमा पछाडी पारिदै आएको छ । तर अहिले त्यहाँका स्थानीय भने प्राविधिक शिक्षा संचालन गर्नका लागि कम्मर कसेर अघि बढेका छन् । लामो समय सैद्धान्ति शिक्षा मात्रै उपलब्ध गराउँदै आएको विद्यालयले अहिले उच्च मावि सम्मको शिक्षा दिँदै आएको छ । अव उच्च माविसम्मको मात्रै नभई व्यवसायिक शिक्षा उपलब्ध गराउँदै पलायन भएका स्थानीयलाई गाउँमै रोक्ने अभियानमा पनि ऋषिङका स्थानीय लागि परेका छन् । उचित शिक्षाकै व्यवस्था नहुँदा वसाइसाराई गर्नेहरुसँग हिजो भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानवहादुर श्रेष्ठले विद्यालयको वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव २०७६ माघ १७ गतेदेखि सुरु हुने महायज्ञमा ५० लाख संकलन गर्ने लक्ष्य रहेको बताउनुभयो । माघ २५ गते सकिने महायज्ञ दक्षिणी क्षेत्रमै पहिलो पटक आयोजना गर्न लागिएको हो ।


दक्षिणी क्षेत्रमै पहिलो पटक यति ठूलो महायज्ञ गर्न लागिएको र व्यवहारिक शिक्षा गाउँमै अध्ययन गर्न पाउने अवसर प्रदानका लागि महायज्ञको आयोजना गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ । हिजो मात्रै ऋषिङ गाउँपालिका घर भई चितवनका विभिन्न ठाउँमा वसोवास गर्दै आउनुभएका व्यक्तिहरुसँग महायज्ञको विषयमा छलफल सहित अन्तरक्रिया कार्यक्रम भएको छ । इन्द्र बहादुर आले, लिलकुमार श्रेष्ठ, दान वहादुर आले, रामनाथ काफ्ले,गणेश कुमार श्रेष्ठ,दिपेश जमरकट्टेल सहितको टोलीले दलविर विक, खड्क वहादुर रानाभाट, खेमराज रानाभाट,पुष्पराज काफ्ले, एक वहादुर आले लगायतसँग भेटघाट गरी महायज्ञमा भरपुर सहयोग गर्न आग्रह गरिएको छ ।

चनौलि,क्षेत्रपुर, भरतपुरको भयरथानमा भएको भेटघाटमा सहभागी स्थानीयले सकारात्मक कार्यको थालनी हुन लागेको भन्दै उनीहरुले मनै देखि सहयोग गर्ने बताएको शिक्षक इन्द्र वहादुर आलेले जानकारी दिनुभयो । सैद्धान्तिक शिक्षा मात्रै प्रदान गरिदै आएको विद्यालयमा अव जेटिए ओभरसियर लगायतका सीप मुलक शिक्षा पनि संचालन गर्ने महान उद्देश्यले महायज्ञ गरिने भएको छ ।

महायज्ञमा स्वयम उपस्थित भएर सहयोग गर्न पनि सकिने र उपस्थित हुन नसके कुमारी बैंकको “शिव सरस्वती मा बि महायज्ञ मुल समारोह समिति“को खाता नं ०८३००५६४४४५००००१ मा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ । नगद सहित भूमि, जिन्सी सहयोग गर्ने सकिने महायज्ञमा पंडीत श्री राधा सरन काफ्ले शास्त्रीको मुखारवृन्दबाट संगीतमय कथावाचन हुने छ । ऋषिङ गाउँपालिका संरक्षक रहेको महायज्ञको यज्ञ व्यवस्थापन हाम्रो समन क्याम्पले गर्ने भएको छ ।

Share.

Leave A Reply