नवलपुरमा बालबालिकालाई संगीत प्रशिक्षण

0


जगन्नाथ उपाध्याय
नवलपुर, ५ माघ । सांस्कृतिक संस्थान राष्टिय नाचघर जमल काठमाडौँको आयोजना एवं गैँडाकोट नगरपालिका वाड नं. १ को कार्यालय र वैदिक गुरुकुल शास्वतधामको स्थानीय व्यवस्थापनमा संचालित नौ दिने संगीत प्रशिक्षण कार्यक्रमको समापन समारोह शाश्वत धाम देवचुलीमा आइतबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कंडेलले हाम्रो लोक संस्कृति, लोकबाजा र धुनको संरक्षण गर्न संगीत प्रशिक्षण कार्यक्रमले सहयोग पुर्याउने बताउनुभयो । सांस्कृतिक संस्थान र स्थानीय निकायबीच सहकार्य गरि प्रशिक्षणका कार्यक्रम संचालन गर्न सके लोप हुन लागेका बाजा तथा धुनहरु संरक्षण हुँदै जाने उपप्रमुख कंडेलले बताउनुभयो ।


कार्यक्रमका विशिष्ट अतिथि सांस्कृतिक संस्थानका कार्यक्रम प्रमुख प्रभाकर देव शर्माले संस्थानले देशभर गायन, नृत्य, बाद्यवादनका प्रशिक्षण संचालन गर्ने गरी योजना बनाएको बताउनुभयो । कार्यक्रममा नगर बाल सञ्जाल गैँडाकोटका अध्यक्ष सुश्मिता भण्डारी, गेँडाकोट १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


वैदिक कर्मकाण्ड गुरुकुलका प्रधानाध्यापक विष्णुप्रसाद घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो । शाश्वत धाम आध्यात्मिक क्षेत्र व्यवस्थापक रामचन्द्र धितालले सहजीकरण गर्नुभएको कार्यक्रम सिजि ग्रुप सहायक प्रवन्धक अशोक कुमार घर्तीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बालबालिकाहरुले आफ्नो प्रस्तुती देखाएका थिए ।


पौष २५ गतेदेखि माघ ५ गतेसम्म सञ्चालित प्रशिक्षण कार्यक्रममा गैँडाकोट १ मा बाल क्लबका ६० जना र शाश्वत धाममा वैदिकमा गुरुकुलका २७ जना बालबालिकाले गायन, हार्मोनियम, तबला, मादल र बाँसुरीको प्रशिक्षण लिएका थिए । सांस्कृतिक संस्थानका संगीत सहायक प्रवन्धक दुर्गाप्रसाद खतिवडा, सहायक गायन प्रवन्धक तीर्थराज पोख्रेल र तवला वादक शिवराज जोशीले प्रशिक्षण दिनुभएको थियो ।

Share.

Leave A Reply