‘डिजाइनमा भए वमोजिमको काम भए ७७ जिल्लाकै नमुना वन्छ कावासोती’

0

तस्बिरः पत्रकार शालिकराम कोइरालाको फेसबुकबाट

डोलराज रानाभाट, ५ माघ । नवलपुरको कावासोती ७७ जिल्लाकै सदरमुकाम मध्ये उत्कृष्ट वन्ने गरी डिपिआर वनिरहेको छ । डिपिआरको जिम्मा पाएको संस्थाले आज कावासोतीमा हालसम्म गरिएको डिजाइन प्रस्तुत गरेको हो ।

प्रस्तुतीमा देखाइएको अनुसार पूर्वाधार निर्माण गरे ७७ जिल्लाकै उत्कृष्ट सदरमुकाम वन्ने जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेले बताउनुभयो । काठमाण्डौ वाट आएको टोलीले आज कावासोतीमा प्रदर्शन गरेको डिजाइनमा एकीकृत भवनहरुको डिजाईन एउटै हुने, १७९ विघा जग्गामा व्लक व्लक को रुपमा छुट्याएर व्यवस्थित पार्किङ देखि आठ वटा स्थानीय तहलाई पनि लक्षित गरी विभिन्न कार्यालयहरु निर्माण गरिने, स्थानीय तहका कार्यालय छुट्टै व्लकमा, प्रदेश मातहतका , संघीय मातहतका कार्यालय भवन आ–आफनै पहिचान सहित छुट्टा छुट्टै व्लकमा निर्माण गरिने गरी डिजाइन तयार भइरहेको हो ।

त्यो सँगै उक्त स्थानमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका लागि छुट्टाछुट्टै भवन निर्माण गर्ने र उक्त भवनमा प्रत्येक जिल्लाका आआफ्ना पहिचान सहितको विवरण पनि राख्ने गरी डिजाईन तयार भएको आलेले बताउनुभयो । ५ हजार क्षमताको फुटवल रंगशालाको डिजाइनमा कम्तिमा ५० हजार अट्ने रंगशाला त्यस्तै क्रिक्रेट रंगशाला १५ हजार क्षमताको बनाइने गरी डिजाइन बनाइएको र प्रत्येक कार्यालय पुग्न बनाइएको गेट देखि बाटोले पनि कार्यालयको ख्यातीलाइ माथि लग्ने जिल्ला समन्वय समिति प्रमुख चेलराम आलेले बताउनुभयो ।

कार्यक्रममा पत्रकार शालिकराम कोइरालाले नमुना नगर बनाउदै गर्दा पत्रकार महासंघको भवन निर्माणका लागि पनि जग्गा छुट्याउन माग गर्नुभएको छ । जिल्लाको हरेक परिवर्तनमा पत्रकारहरुको भूमिका र योगदानलाई नविर्सन आग्रह गर्दै उक्त स्थानमा पत्रकार महासंघ नवलपुरको भवन निर्माणका लागि पनि जग्गा उपलब्ध गराउन माग गर्नुभएको हो ।

त्यस्तै लामो समय स्थानीयले संरक्षिण गरेर राखेको जग्गा भएका कारण पनि एउटा सामुदायिक भवन निर्माणका लागि पनि जग्गा छुट्याउन माग सहित अन्तिम डिपिआर चाँडै सम्पन्न गरी निर्माण कार्य सुरु गर्न कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिनुभएको थियो ।

प्रदेशमा प्रस्तुती सकाएर कावासोतीमा आएको संस्थाले सुझाव लिएर गएको छ । अन्तिम डिपिआर आउन भने अझै ढिलाई हुने भएको छ ।

Share.

Leave A Reply