सत्यनिरुपण र वेपत्ता छानविन अायोगः नयाँ पदाधिकारीलाई स्वतन्त्र काम गर्न दिइनुपर्छ

0

हिमा अर्याल, गैडाकोट, ५ माघ । मानव अधिकार तथा शान्ति समाज नेपालका पुर्व केन्द्रीय सभापति होमकान्त चौलागाईले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएको व्यक्तिको छानविन आयोगमा सिफारिस पदाधिकारीहरुलाई स्वतन्त्ररुपमा काम गर्न दिनुपर्ने बताउनु भएको छ ।

शान्ति सम्झौताको ६० दिनभित्र वेपत्ता पारिएको व्यक्तिहरुको यथार्थ वाहिर ल्याउने भनिएपनि यतिका समय हुँदासम्म पनि पीडितले न्याय नपाउनु दुखद भएको भन्दै अहिलेका समितिलाई निष्पक्ष छानविन गर्न दिनुपर्ने बताउनुभएको हो । विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै चौलगाइले क्षतीपूर्तिबाट समाधान गर्न मिल्ने घटनाहरुलाई सोही अनुसार र गम्भीर मानवअधिकार उल्लघंनका घटनालाई कानुन वनमोजिम कारवाही गरी पिडकलाई सजाय र पीडितलाई न्याय हुनेगरी काम हुनुपर्नेमा जोड दिँदै राजनीति आडमा अपराधिकरण लुक्न नहुनेमा जोड दिनुभयो ।

हिलेका अधिकाँश नेता कुनै न कुनै अपराधमा सम्लग्न भएको आशंका आफूमा रहेको बताउँदै चौलागाईले त्यसैकारण आयोगका पदाधिकारीलाई निष्पक्ष काम गर्न नदिएको बताउनुभयो । यसैपनि आयोगका पदाधिकारी सिफारिस ढिलाई भएको र अहिलेपनि नेकपा र काँग्रेसको भागवण्डाका आधारमा नियुक्त भएको भन्ने खवर वाहिर आएकोले नियुक्ती जे आधारमा भएपनि न्याय सम्पादनमा तटस्थ रही पीडितलाई न्याय र क्षतीपूर्ति तथा पीडकलाई कारवाही हुने गरी काम गर्नुपर्ने सुझाव सहित नयाँ पदाधिकारीलाई सफल कार्यकालको सुभकामना दिनु भयो ।

पूर्व प्रधानन्यायधीश ओमप्रकाश मिश्रको अध्यक्षमा ११ महिना अघि गठित सिफारिस समितिले शनिबार लामो समय रिक्त रहेको सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएको व्यक्तिको छानविन आयोगमा पदाधिकारीहरुको सिफारिस गरेको हो । कानुन मन्त्रालयमा पेश गरिएको नामावलीहरुमा सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा नेपाल ल क्याम्पसका सहप्राध्यापक गणेशदत्त भट्ट, सदस्यहरुमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेल रहनुभएको छ भने वेपत्ता पारिएको व्यक्तिको छानविन आयोगको अध्यक्षमा पूर्वन्यायधीश युवराज सुवेदी, सदस्यहरुमा सुनिलरन्जन सिह,सरीता थापा मगर,विष्णु भण्डारी र मानवअधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय सभापति गगांधर अधिकारीलाई सिफारिस गरिएको छ । भट्ट नेपाली काँग्रेस र सुवेदी नेकपाबाट सिफारिस गरिएको बताइएको छ ।

Share.

Leave A Reply