ट्रकभित्रै अनैतिक गतिविधि हुनथालेपछि भृकुटी चोकको पार्किङ्मा गैडाकोट प्रहरीको कडा निगरानी

0

डोलराज रानाभाट, माघ ३ । इलाका प्रहरी कार्यालय गैडाकोटमा प्रमुख भएर आउने धेरै इन्सपेक्टरको पहिलो काम नै हुन्थ्यो ग्रामीण क्षेत्रबाट आउने घरायसी रक्सी नियन्त्रणमा लिने र नष्ट गर्ने । अनि केही दिन संचारमाध्यममा हाइ हाइ पाउने अनि गुमनाम जस्तै भएर वस्ने । तर वर्तमान प्रमुख इन्सपेक्टर चन्द्रबहादुर थापाले भने व्यवस्थित नगरपालिका निर्माणमा सहयोग पुग्ने गरी अव्यवस्थित पार्किङ्लाई हटाउने अभियानमा लाग्नुभएको छ।

धेरै प्रहरी प्रमुख गैडाकोटमा आएपनि पूर्व पश्चिम राजमार्गको भृकुटी चोकमा रहेका खाली भागमा मालवाहक ट्रक पार्किङ कहिल्यै हटेन । केही स्थानीयले भन्नेपनि गर्थे, प्रहरी आफैले ड्राइभरसँग पैसा लिन्छन् अनि पार्किङ गर्न दिन्छन् ।

तर अहिलेका इन्सपेक्टर थापाले समुदायि प्रहरी साझेदारी कार्यक्रम अन्तगर्त उक्त स्थानमा अव उपरान्त अनावश्यक पार्किङ गर्न नदिइने बताउनुभयो । स्थानीयको पनि गुनासो र नगरपालिकालाई पनि व्यस्थित बनाउने भएपछि रातै विताउने मालवाहक ट्रकहरु रोक्न नदिइने भएको हो । भृकुटी कागज कारखाना संचालनका क्रममा आवश्यक पर्ने पराल, वावियो, लोक्ता बोकेका ट्रकहरु पार्किङ्ग हुने सो क्षेत्रमा अहिले पनि प्राय पराल वोकेका मालवाहक ट्रक रातै विताउने गरी वसिरहेका हुन्छन् ।

रात विताउने क्रममा चालकहरुले जाँड रक्सी खाने र होहल्ला गर्ने, ट्रकभित्रै अनैतिक क्रियाकलाप समेत हुने, पराल बोकेका ट्रकहरु पेट्रोल पम्प नजिकै राख्ने, सामान लोड गर्ने निहुँमा फोहोर ल्याएर फाल्ने समेतका हर्कत हुन थालेपछि प्रहरीले थप कडाई गर्दै त्यहाँ पार्किङ गर्न नदिने भएको हो । अहिले प्रहरीनै ड्युटी वसेर हटाउने गरिएको इन्सपेक्टर थापाले जानकारी दिनुभयो । नगरपालिकाले पनि यस कार्यमा साथ दिएको र नो पार्किङ लेखिएका होर्डिङ वोर्ड वनाउन दिएको बताउनुभयो । वोर्ड राख्दा पनि अटेर गरी पार्किङ गरे आवश्यक कारवाही गर्ने उहाँले बताउनुभयो ।

रात्रिकालिन, दिवाकालिन कुनै पनि पार्किङ गर्न नदिने साथै यो सँगै नगरपालिकाका अन्य क्षेत्रमा भएका अव्यवस्थित पार्किङहरुलाई पनि क्रमैसँग व्यवस्थित गर्दै लैजाने उहाँको भनाई छ । रात्रिकाली तथा दिवाकालिन पार्किङ हटाएपछि शहर सुन्दर देखिनुका साथै दुर्घटना न्यूनिकरण र सम्भ समाज निर्माणमा यसले सहयोग पुर्याउने छ । प्राय नारायणगढ पुगेर तेस्रो लिगिलाई ल्याउने र ट्रक भित्रै अनैतिक क्रियाकलाप हुन थालेपछि प्रहरीले थप कडाई गरी अहिले रातभरी सो स्थानमा ड्युटीनै गरिरहेको हो । बोर्ड लगाएपछि ड्युटी हटाइने तर वारम्वार निगरानी राखीरहने इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

Share.

Leave A Reply