मादक पदार्थ सेवन गरी सवारी चलाएपछि…..

0

डोलराज रानाभाट,माघ ३ गते । शुक्रवार विहान असारे झरी जसरी पानी परिह्यो । झरीसँगै रमाएका एक चालकका कारण गैडाकोटको थुम्सीमा दुर्घटना भयो । झरीमा सचेत भएर सवारी चलाउनु पर्नेमा लु १ क ३५२२ नम्वरको मिनी ट्रकका चालक वर्ष ३५ का नारायण अधिकारी भने मादक पदार्थमा लठ्ठै थिए ।

जसले गर्दा पुर्ववाट पश्चिम तर्फ जाँदै गरेको उक्त मिनी ट्रकले विपरीत दिशाबाट आइरहेको लु १ ख ९५५१ नम्वरको मालवाहक ट्रकलाई ठक्कर दियो । मालवाहक आफ्नै साइडमा थियो तर गलत साइटबाट ठक्कर दिने मिनिट्रकको ठक्करमा उक्त ट्रक पर्यो। मानविय क्षती नभएपनि मिनिट्रकका चालकलाई नियन्त्रण लिई अनुसन्धान सुरु भएको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख इन्सपेक्टर चन्द्रवहादुर थापाले जानकारी दिनुभयो ।

साँढे २ घण्टा जति ठूलो गाडी भएका कारण हटाउन प्रहरीलाई पनि अप्ठेरै भयो । थापाका अनुसार साना गाडीहरु समयमै पास हुन दिएपनि ठूला गाडी उक्त समयमा बल्ला संचालन गर्न सकेको बताउनुभयो । अहिले दुवै ट्रक घटनास्थलमै छन् भने मादक पदार्थ सेवन गर्ने प्रहरीको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भइरहेको छ ।

Share.

Leave A Reply