मैत्री नेपाल गैडाकोट ४ को अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग, अव आत्मनिर्भर गराउन थप तालिम संचालन गरिने

0

डोलराज रानाभाट, ३ माघ । अपाङ्गता भएका व्यक्तिहरुलाई मैत्री नेपाल गैडाकोट ४ ले २ जनालाई ह्वीलचियर,२ जनालाई वैशाखी, एक जनालाई सिलाईकटाई मेशिन, एकजनालाई १० हजार नगद र २५ जनालाई शैक्षिक सामाग्री सहित जाडोमा न्यायानो बनाउने टोपी सहयोग गरेको छ। साविक गैडाकोट गाविसभित्र रहनु भएका फरक क्षमता भएका व्यक्तिहरुलाई सो सामाग्रि वितरण गरेको अध्यक्ष एव्म कार्यक्रमका सभापति अमृतकान्त पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार ७० जनालाई जाडोमा न्यानो वनाउने टोपी वितरण गरिएको छ ।


अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर हुन विभिन्न व्यवसायिक तालिमदेखि आवश्यक सामाग्री वितरण गर्दै आएको मैत्री सामुदायिक विकास मञ्च नेपालले अव छिट्टै च्याउ खेती, सिलाई कटाई तालिम आदि संचालन गर्ने पण्डितले जानकारी दिनुभयो ।

कार्यक्रमका बोल्दै गैडाकोट नगरपालिकाकी उपप्रमुख एवम् कार्यक्रमकी प्रमुख अतिथि विष्णुकुमारी कडेँलले स्थानीय सरकार आइसकेपछि सवै अधिकार प्राप्त भएअनुसार अहिले अपाङ्गता परिचय पत्र वितरणमा आफूहरु सक्रिय रहेको र माघ २७ बाट पुरानो कार्डले काम नगर्ने हुनाले कसैको छुटेको भए तुरुन्तै नगरपालिकामा सम्पर्क राख्न पनि आग्रह गर्नुभयो ।

फरक क्षमता भएका व्यक्तिहरुको जीवनस्तर उकास्न मैत्री नेपालले गर्दै आएको कामहरुको प्रससा गर्दै उपप्रमुख कडेलले नगरपालिकाबाट सक्दो सहयोग गर्ने बताउनुभयो । साथै फरक क्षमता भएका व्यक्तिहरुले व्यवसाय गर्न चाहे निशुल्क दर्ता गर्ने व्यवस्था गरिएको र अनुदानका कार्यक्रम पनि दिँदै आएको जानकारी गराउनुभयो ।

संस्थाका उपाध्यक्ष कृष्ण सुवेदीले स्वागत गर्नुभएको कार्यक्रममा गैडाकोट ७ का वडाअध्यक्ष चोलाकान्त उपाध्याय, गैडाकोट ४ का कार्यवाहक अध्यक्ष तेजप्रसाद घिमिरे, संस्थाका संस्थापक अध्यक्ष शरदचन्द्र पण्डित, सल्लाहाकार संगिता घिमिरे, दाताहरुको तर्फबाट राधा भण्डारी, जयश्री सामुदायिक वनका उपाध्यक्ष दान वहादुर क्षेत्री, नन्दन सामुदायिक वनका अध्यक्ष घनश्याम कडेँलले कार्यक्रममा बोल्दै फरक क्षमता भएका व्यक्तिहरुलाई सहयोग गरी सामाजिक कार्य गरेकोमा प्रसंसा गर्दै आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभएको थियो ।

कार्यक्रमको सहजीकरण गर्दै मैत्री नेपालका विशेष समिति संयोजक गोविन्द रिमालले ३० लाख अपाङ्गता भएका नेपालीहरु रहेको भन्दै संस्थाले २०५९ सालदेखि निरन्तर सहयोग र हौसला बढाउदै आन्मनिर्भर गराउने कार्यक्रमहरु संचालन गर्दै आएको बताउनुभयो । अहिलेको सहयोगमा पनि नगरपालिका, वडाअध्यक्षहरु, समाजसेवी व्यक्तिहरुको भूमिका रहेको भन्दै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गर्नुभयो ।

Share.

Leave A Reply