१ करोड ६० लाख बजेटका लागि नवलपुरमा छानियो चार उत्कृष्ट गन्तव्य

0

डोलराज रानाभाट, ३ माघ । नेपाल भ्रमण वर्ष सन् २०२० सुरु भएसँगै पर्यटक आगमनलाई वृद्धि गर्न जिल्ला समन्वय समिति नवलपुरले पूर्वाधार विकासका लागि चार उत्कृष्ट पर्यटकीय गन्तव्यको छनोट गरेको समवन्य समिति प्रमुख चेसराम आलेले जानकारी दिनुभएको छ ।

गण्डकी प्रदेश सरकारले यसअघि सूचिकृत गरेको १० उत्कृष्ट गन्तव्य मध्ये पहिलो चरणमा प्राप्त हुने १ करोड ६० लाख बजेटका लागि चार वटा गन्तव्यलाई छनोट गरिएको आलेले बताउनुभयो ।

नवलपुरमा आठ वटा स्थानीय तह रहेका छन् । यसअघि हरेक स्थानीय तहमा कम्तीमा एउटा पर्यटकीय गन्तव्यको छनौट गरी पठाएको भएपनि मन्त्रालयले जिल्ला स्तरीय पर्यटन उपसमितिको निर्णलाई हेरफेर गरी पठाएको भन्दै आलेले असन्तुष्टी व्यक्त गर्नुभयो । एउटा स्थानीय तहमा एउटा गन्तव्य पारेर निर्णय गरी पठाएको भएपनि मन्त्रालयले हेरफेर गरिदिएको बताउनुभयो । “हरेक स्थानीय तहमा एउटा गन्तव्य पारिदिएको भए सवैले महत्वका साथ काम गर्ने थिए, आलेले भन्नुभयो, हामीले पठाएको सूचीलाई मन्त्रालयले हेरफेर गरेकोमा मेरो गुनासो छ । ”

यद्यपी गण्डकी प्रदेश सरकारले नवलपुर जिल्लाको सूचीकृत गरेको मध्ये चार वटा गन्तव्यको पूर्वाधार विकास गर्ने भनी नाम पठाउन गरिएको आग्रह अनुसार पर्यटन उप समितिको आज बसेको बैठकले चार गन्तव्यलाई छनौट गरेको हो । छनौटमा परेका गन्तव्य मध्ये बुलिङ्टार गाउँपालिकाको कामुधेनु क्षेत्र घुमारीघाट, गैडाकोट नगरपालिकाको कैलाश सन्यास आश्रम, वौदिकालि गाउँपालिकाको ढेडगाउँमा अवस्थित अकला देवी मन्दिर, विनयी त्रिवेणी गाउँपालिकामा अवस्थित गजेन्द्र मोक्षधामको पूर्वाधार विकासलागि छनौट गरि मन्त्रालय पठाउने निर्णय भएको हो ।

अव के के पूर्वाधार निर्माण गर्ने भन्नेमा स्थानीय तहले बैठक वसेर निर्धारण गर्नुपर्ने उहाँले बताउनुभयो । त्यसमा मन्त्रालयको पनि सुझाव हुन सक्ने उहाँको भनाई छ । बजेट भने सिधै गाउँपालिका वा नगरपालिकामा आउने वा मन्त्रालयले तोकेको कार्यालयबाट उक्त बजेट खर्च हुने बताइएको छ ।

निर्देशिका अनुसार गण्डकी प्रदेशका ज्यष्ठ माननीयले संयोजकत्व गर्ने र सोही वैठकले सिफारिस गर्ने नियमानुसार आज सांसद जनकलाल श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले उक्त चार वटा क्षेत्रको छनौट गरी मन्त्रालय पठाउने निर्णय गरेको हो ।

एउटा गन्तव्यको पूर्वाधार विकास गर्न ४० लाख बजेट आउने समन्वय प्रमुख चेसराम आलेले जानकारी दिनुभयो । तर बजेट कुन च्यानलमा आउने हो त्यो थाहा नभएको तर गन्तव्य छनौट गरी मन्त्रालय पुगेपछि थप जानकारी आउने छ ।

यस अघि जिल्ला स्तरीय पर्यटन उपसमिति नवलपुरले गैडाकोट नगरपालिकामा मौलाकालिका,देवचुली नगरपालिकामा शाश्वत धाम सीजी, कावासोतीमा मध्यवर्ति क्षेत्र अमलटारी, पिठौली,बुलिङ्टारको घुमारी घाट र देवचुली वडाचुली, वौदिकाली गाउँपालिकामा अकला देवी मन्दीर, हुप्सेकोट गाउँपालिकाको रुद्रपुर गढि,मध्यविन्दु नगरपालिकामा नन्दपुर क्षेत्र,विनय त्रिवेणीमा दाउन्नेदेवी, गजेन्द्र मोक्षधाम त्रिवेणी गरी १० उत्कृष्ट गन्तव्यको छनौट गरी पठाएको भएपनि गण्डकी प्रदेश सरकारले भने शंसोधन गरेर हुप्सेकोटको रुद्रपुर गढि र अमलटारी पिठौलीलाई हटाई गैडाकोटमै रहेको कैलाश सन्यास आश्रम महादेवस्थान र मध्यविन्दुमा रहेको ल्होत्सेधारा थप गरेर आएको थियो । यसरी आउँदा कावासोती र हुप्सेकोटका गन्तव्य नपरेकोमा मन्त्रालयसँग आफ्नो गुनासो रहेको उहाँले बताउनुभयो ।

Share.

Leave A Reply