उवासंघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ विजयी (सवैको मत परिणाम सहित)

0

डोलराज रानाभाट, गैडाकोट, २९ पुस । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित हुनुभएको हाम्रा सहकर्मी पुर्ण शर्माले जानकारी दिनुभयो । मतगणनास्थलमा रहनुभएका शर्माका अनुसार कुल ३१७३ मत खसेकोमा अध्यक्ष राजु श्रेष्ठले १९८० मत ल्याउँदा उहाँका प्रतिद्वन्द्वी ज्ञानेन्द्रमान शाक्यको ११९३ मत आएको थियो ।

 

उद्योगतर्फका सदस्यहरु अशोक अधिकारी ३३३३ मत, कृष्ण प्रसाद रिजाल ३०१३, विनोद पौडेल २९५०, योगिता पिया २८०८, लिल वहादुर क्षेत्री २५२१, भानुभक्त न्यौपाने २४००, निर्वाचित हुँदा सोमप्रसाद काप्री २१२० मत ल्याई पराजित हुनुभयो ।
वणिज्यतर्फका सदस्यहरुमा ज्ञानुप्रसाद न्यौपाने २५१२ मत, थिरप्रसाद धिताल २४९० मत, चेतनाराण सापकोटा २१३६ मत, लक्ष्मी रिमाल पौडेल १८७२, विकास थापा १८५० , वद्री पौडेल १८०४ निर्वाचित हुनुभयो । तर ६ पदका १० जनाको उम्मेदवारी परेको थियो । जसमा पराजित हुनेहरुमा आनन्दराज रावत १३०२, राजेन्द्र सिग्देल १३७८, शिवप्रसाद ओझा १७२८, पाण्डप ढकाल १७७४ ल्याई पराजित हुनुभयो ।

 

त्यस्तै वस्तुगत तर्फ ४ जना आवश्यक पदमा ६ जनाको उम्मेदवारी परेको थियो । ३२ मतदाताले मात्रै मतदान गरेकोमा  विनोद तिमिल्सेना २१, शर्मिला न्यौपाने २०, दुर्गा पौडेल २६, धनप्रसाद पोख्रेल २८ मत सहित निर्वाचित हुनुभयो भने तारानाथ पाठक १८   र हेमराज पौडेल १५ मत ल्याई पराजित हुनुभयो ।

 

महिला सदस्य तर्फ रजनी मास्के १९९७ मत ल्याइ निर्वाचित हुनुभयो तर विमला अधिकारी भने पराजित हुनुभयो ।

निर्विरोध चयन हुनेहरुमा वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ, उपाध्यक्षहरुमा सुमनकुमार श्रेष्ठ, वोझराज कौडाल, चिरिन्जीवि सुवेदी रहनुभएको छ । आज भएको विद्युतीय मतदानको सवै नतिजा सार्वजनिक भएको हो ।

Share.

Leave A Reply