नयाँ जिल्ला नवलपुरको पीडाः वर्षेनी करोड भाडा तिर्छन् सरकारी कार्यालयले

0

डोलराज रानाभाट, २९ पुस । नयाँ जिल्ला घोषित भएपछि जनतालाई सेवा दिन नवलपरासी वर्दघाट सुस्ता पूर्वका अधिकाँश सरकारी कार्यालय भाडामा संचालित छन् । एकीकृत सरकारी कार्यालय निर्माणको कामले कुनै गती नलिदा भाडामै मासिक लाखौँ रकम खर्च हुने गरेको हो । नगन्य कार्यालय मात्रै आफ्नै भवनमा संचालन भइरहेका छन् । जसमा जिल्ला प्रहरी कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, डिभिजन वनको पनि आफ्नै कार्यालय छन् ।

यद्यपी डिभिजन वनले पनि भाडा भने तिर्ने गर्दछ । भाडामा रहेर सेवा प्रवाह गर्ने कार्यालय मध्ये संघीय सरकार अन्तगर्तका कार्यालयहरुमा कोष तथा लेखा नियन्त्रण कार्यालय ले मासिक २४ हजार, नवलपुर जिल्ला अदालत ले ७० हजार, जिल्ला समन्वय समिति ले ५५ हजार, शिक्षा विकास तथा समन्वय इकाई ले ४० हजार, जिल्ला निर्वाचन कार्यालय ले ३३ हजार, सरकारी वकिल कार्यालयले ४० हजार, पुनर्निमार्ण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई नीजि आवास तर्फको कार्यालयले ५६ हजार ५००, पुनर्निमार्ण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षातर्फको कार्यालय ले ४० हजार, प्रधानमन्त्री कृषि आधुकिकीकरण कार्यक्रम सुन्तला जात फलफूल कार्यालय ले ४५ हजार ९ सय ६६, करदाता सेवा कार्यालयले ४० हजार, जिल्ला प्रशासन कार्यालयले १ लाख ३ हजार ३ सय ४० मासिक भाडा तिर्दे आएका छन् ।

प्रदेश सरकार मातहतका कार्यालयहरुमा डिभिजन वन कार्यालयले ३८ हजार ९ सय ९१, पूर्वाधार विकास कार्यालयले ७२ हजार, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयले ८० हजार ४ सय ५०, यातायात व्यवस्था सेवा कार्यालय ले ४० हजार, सोही कार्यालयले ट्रायल सेन्टरका लागि लिएको स्थानको ५० हजार, घरेलु तथा साना उद्योग कार्यालय ले ४२ हजार, बौदीकालि गाउँपालिकाले ३३ हजार भाडा सरकारी कोषबाट खर्च हुँदै आएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख मोहनशरण भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कावासोती नगरपालिकाले पनि कार्यालय भाडामै संचालन गरी सेवा प्रवाह गरिरहेको छ । यद्यपी नगरपालिकाले आफ्नै भवन निर्माणलाई तिव्रता दिएको छ । आगामी दसैँ सम्म निर्माण पुरा हुने दावी उपप्रमुख प्रेमशंकर मर्दनीयाले जानकारी दिनुभयो । त्यस्तै कृषि ज्ञान केन्द्रको सेवा कार्यालय पनि भाडामै संचालित छ । तर नगरपालिका र ज्ञान केन्द्रको भाडादर कार्यालय सम्म नआइपुगेको कोष तथा लेखा नियन्त्रण नवलपुरका प्रमुख मोहनशरण भण्डारीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply