नवलपुरका २१ जना वेपत्ता , उजुरीकर्तानै सम्पर्कमा नआउदा समस्या, १३ जनालाई मात्र राहत

0

डोलराज रानाभाट, २९ पुस । द्वन्द्वकालिन घटनाका बेला नवलपुरबाट २१ जना वेपत्ता भएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले नवलपुरमा गरेको अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । जिल्ला नटुक्रिदै ३२ जनाको नाम वेपत्ता सूचीमा रहेको र त्यसमध्ये २१ जना पूर्वी नवलपरासीका रहेका छन् । जिल्ला नटुक्रिदै गरिएको उजुरी संकलनमा ४६ वटा उजुरी परेको र ३२ वटा उजुरी मात्रै विस्तृत छानविनमा रहेको छ । ११ वटा उजुरी तामेलीमा राखिएको, २ वटा सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाइएको त्यो मध्ये एक वटा सत्य निरुपणबाट फिर्ता आएको र २ वटा उजुरीको प्रारम्भिक चरणको काम सम्म हुन सकेको छैन । उजुरीकर्तानै सम्पर्कमा नआएपछि प्रारम्भिक चरणको काम सम्म पनि गर्न नसकेको आयोगका उपसचिव निराजन घिमिरले जानकारी दिनुभयो ।

आयोगका उप सचिव घिमिरेले तथ्याङ्क प्रस्तुत गर्दै वेपत्ताको उजुरी दिने उजुरीकर्ता नै सम्पर्कमा नआउँदा समस्या भएको बताउनुभयो । काठमाण्डौ जिल्लाबाट नवलपुरका भीमप्रसाद भट्टचन २०६१ साल चैत्र १५ गते वेपत्ता भएको भनी उजुरी दिएको भएपनि अहिले उजुरीकर्तानै पत्ता लगाउन नसकेको भन्दै आयोगले जनप्रतिनिधि पत्रकारहरुले सम्पर्क गराउने भूमिका खेलिदिन आग्रह गर्नुभयो ।
त्यस्तै नवलपरासी सुकौलीका केशव उपाध्याय पौडेलका उजुरीकर्तालाइ पनि सम्पर्कमा ल्याउन नसकेको आयोगले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रकासकिय अधिकृत आनन्द शर्मा भुषालले हालसम्म १३ जनालाई राहत प्रदान गरिसकिएको र नयाँ जिल्ला सुरु भएदेखि वेपत्ताको वारेमा कुनै उजुरी नआएको बताउनुभयो । उक्त राहत जिल्ला नटुक्रिदै वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा आयोगका सहसचिव इश्वरी प्रसाद ढकालले गत चैत्र महिनादेखि पदाधिकारीविहीन हुँदा वास्तविक पीडितको छानविन गर्न नसकिएको र न्यायको पर्खाइमा रहेका पीडितहरुसँग सँगै बसेर छलफल गर्न नसकिएको भन्दै सरोकारवालाहरुसँग मात्रै बसेर कार्यक्रम गरिएको बताउनुभयो । सरोकारवालहरुसँग छलफल गरी हालसम्म आएका तथ्याङ्कलाई अद्यावधिक गर्ने, कुनै छुटेका निवेदन भए दर्ता गर्ने र आयोगले हालसम्म गरेका कार्यहरुको जानकारी दिन ६४ जिल्लामा अन्तरक्रिया गरेको बताउनुभयो । यदि सशस्त्र द्वन्द्वको क्रममा कोही आफन्त वेपात्ता भएको तर उजुरी गर्न छुटेको भए अझै उजुरी दिन सकिने उहाँले बताउनुभयो ।

ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले अहलिे सम्म वेपत्ता भएको भनी नयाँ उजुरी नआएको बताउनुभयो । नयाँ जिल्ला भएसँगै उजुरी नपरेको र राहत दिने कार्यको भने तिव्रता दिन आग्रह गर्नुभयो ।

कार्यक्रमका विशेष अथिती नेपाल रेडक्रस सोसाइटी नवलपुरका सभापति मदनभक्त अधिकारीले १५ वर्षसम्म हराएका व्यक्तिलाई समेत आफूहरुले पुनर्मिलन गराएको भन्दै पहिलेकै उजुरी वाहेक नयाँ नआएको जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला न्याधिवक्ता सिताराम अर्याल, जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मोहन बहादुर खाँण, नेपाल पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष श्रीराम सिग्देल, इन्सेक जिल्ला प्रतिनिधि तीर्थराज डुम्रे, रेडक्रस सोसाइटी नवलपुरका उप सभापति पूर्णप्रसाद गौडेल, उमा भुषाल, शसिधर कडेँल,पत्रकार जगन्नाथ खनाल लगायत जिल्लामा वेपत्ता भएकाको नयाँ उजुरी गुनासो नआएको तर पदाधिकारी नहुँदा न्याय नपाएको प्रति ध्यानाकर्षण गराएका थिए ।

Share.

Leave A Reply