फेला प¥यो गैंडाकट्टा ढुँगा,यसैवाट गंैडाकोट नाम रहेको तथ्य

0

डोलराज रानाभाट,गैंडाकोट,२९ पुस । तपार्इंको घर कहाँ हो ? भन्दा गैंडाकोट भन्ने धेरै छन् । तर गैंडाकोट कसरी रहन गयो भन्ने कमैलाई थाहा होला । जसको तथ्य पत्ता लागेको छ । जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेको सक्रियतामा सोमबार गैंडाकोट ९ मा रहेको नारायणी सामुदायिक वनभित्रको रातोमाटे माथि गैंडाकट्टा शिला फेला परेको हो ।

आले १० वर्षको हुँदा पहाडी गाउँ कोटथरबाट नारायणगढ बजार आउँदा प्रयोग गर्ने पुरानो बाटोमा अवस्थित उक्त ढुँगाको बारेमा ४५ वर्षअघि उहाँको बुवाले उक्त शिलाको बारेमा भन्नुभएको थियो । त्यसैको खोजी गर्दै सोमबार घण्टौँ लगाएर फेला पारिएको चेसराम आलेले बताउनुभयो । शिलाका बारेमा दुईवटा कथन रहेको छ । मणिमुकुन्दसेन राजाले दुर्गा पूजामा गैंडाको बलि दिनु भन्ने आदेश दिएपछि सो ठाउँमा गैंडा काटिएको भन्ने कथन छ भने अर्कोतर्फ जनतालाई धेरै दुःख दिएका कारण राजाकै आदेशमा गैंडा काटिएको भन्ने कथन पनि छ । तर सोही ढुँगामा गैंडा काटिएकोले गैंडाकट्टा ढुँगा भनिदै आएको र त्यसैलाई लिएर गैंडाकोट नाम रहन गएको किंवदन्ती रहेको छ ।


भिजिट नेपाल २०२० को सुरुवात सँगै ऐतिहाँसिक र पुरातात्विक ठाउँहरुको खोजीमा सक्रिय रहेको जिल्ला समन्वय समिति नवलपुरले गैंडाकट्टा ढुँगा फेला पारेको हो । गैंडाकै आकारमा रहेको उक्त शिलामा केहि लेउ लागेपनि गैंडाको अझै दुरुस्तै आकृति देखिन्छ । त्यो भन्दा अझै रोचक त आकृतिमा गैंडा काटिएको भागको टाउको तल झरेको छ र त्यसको काटिएको भाग र गैंडाको बाँकी भाग रहेको ठाउँको काटिएको भागको नाप बराबर छ । सोमबार नै सो शिलाको नाप गरेर अब थप विशेषज्ञ सहित पूर्वाधार विकास र यसको प्रचारप्रसारमा भोलिदेखिनै लागि पर्ने जिल्ला समन्वय समिति प्रमुख आलेले बताउनुभयो । जिल्ला समन्वय समिति नवलपुरका उपप्रमुख शारदा विश्वकर्माले नेपाल भ्रमण वर्ष २०२० मा पर्यटक भित्र्याउन नयाँ नयाँ गन्तव्यको खोजीअनुसार यो एउटा सफलता मिलेको बताउनुभयो । अब यसको थप संरक्षण र प्रचारप्रसारका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने बताउनुभयो ।


समाजसेवी बालुराम कुमालले वर्षौ आँफू सोही स्थान हुँदै हिँडेपनि गैंडाकट्टाको इतिहासबारे भने पहिलो पटक थाहा पाएको र आकृतिले त्यो प्रमाणीत भएको बताउनुभयो । अव भने यसको संरक्षणमा लाग्ने उहाँको भनाई छ ।

वर्षौदेखि स्थानीयले उक्त ढुँगा देखेपनि जारकाट्टेको नाउँले चिनिएको भन्दै बेवास्ता गरिएको थियो तर अहिले चेसराम आलेको भनाई र त्यहाँ रहेको आकृतिले सामुदायिक वनका पदाधिकारीदेखि कार्यालय सचिव पनि त्यसको संरक्षणसँगै पर्यटक भित्र्याउने गरी काम गर्ने बताउनुभएको छ । नारायणी सामुदायिक वनका कोषाध्यक्ष नेत्रराज सापकोटा, सदस्य छविलाल सापकोटा, कार्यालय सचिव हरिप्रसाद सापकोटाले अन्य सामुदायिक वनसँग मिलेर यसको दिर्घकालिन विकासका लागि पर्यटक भित्र्याउन लागि पर्ने बताउनुभयो । गैंडाकोट रहन गएको ऐतिहाँसिक तथ्य आफ्नै ठाउँमा रहेको भन्दै अब यसको विकासमा सवै एकजुट हुने बताउनुभएको हो ।

वन हेरालु यज्ञ वहादुर श्रेष्ठले यसको वास्तविकता थाहा पाएको र अव आफूहरुले पनि यसको संरक्षणमा लाग्ने जानकारी दिनुभयो । सबैकुराको जानकारी पश्चात गैंडाकोट ९ का वडाअध्यक्ष प्रेमप्रसाद सापकोटाले पहिले जारकाट्टे ढुँगाको रुपमा व्याख्या गरिएकोले खासै वास्ता नगरिएको तर समन्वय प्रमुख चेसराम आलेसहितको टोलीले वास्तविकता जानकारी गराएपछि आँफु नगरपालिका, स्थानीय, सामुदायिक वनका पदाधिकारी सबै मिलेर सानो मार्ग पु¥याउनेदेखि यसको संरक्षणमा जुट्ने बताउँदै नेपाल भ्रमण वर्षका लागि अर्को सफलता मिलेको बताउनुभयो ।

त्यसका लागि जिल्ला समन्वय समितिले पनि सहयोग गरिदिन उहाँको आग्रह छ । मुख्य सडक पूर्वपश्चिम राजमार्गदेखि जैनटार टोल हुँदै उत्तर तर्फ २० मिनेटको पैदल यात्रापछि सो ठाउँमा पुग्न सकिन्छ ।

Share.

Leave A Reply