होटलमा मुनाफा भन्दा गुणस्तरमा ध्यान दिनुपर्छ ः क्षेत्री

0

पवित्रा पराजुली  गैंडाकोट । होटल व्यवसाय सञ्चालन गर्दा मुनाफा भन्दा पहिले गुणस्तरमा ध्यान दिनुपर्नेमा मुकुन्दसेन मौलाकालीका होटल व्यवसायी संघका अध्यक्ष हरि क्षेत्रीले जोड दिनुभएको छ । एक दिने प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम तथा होटल व्यवसायी महासंघ नेपालको तेस्रो अधिवेशनबाट निर्वाचित पदधिकारीहरुलाई स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै क्षेत्रीले यस्तो बताउनुभएको हो । साथै उहाँले होटल चलाउँछु भनेर मात्र नहुने र यसका लागि तरिका पनि जान्नुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि होटल व्यवसायी केन्द्रीय महासंघका बरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले गैँडाकोट होटल व्यवशाय सञ्चालनका लागी निकै सम्भावना बोकेको ठाउँ रहेको बताउँदै यहाँको होटलमा अर्गानिक खानामा जोड दिनसके व्यवसाय फस्टाउनमा सजिलो हुने बताउनुभएको छ । मुकुन्दसेन मौलाकालीका होटल व्यवसायी संघ नवलपरासीले विजय विकास स्रोत केन्द्रको सभाहलमा गरेको सो कार्यक्रममा बोल्दै होटल व्यवसायी महासंघ नेपाल (पर्यटक) उपाध्यक्ष ईमान्द बरालले होटल व्यवसायीले नियम र आचारसंहिताको पालना गनुपर्नेमा जोड दिनुभएको छ । एक दिने प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रममा गैैंडाकोट नगरपालिका भित्र रहेका विभिन्न होटल व्यवसायीलाई खाद्य तथा स्वस्थ स्वच्छता सचेतना तालिम प्रदान गरिएको हो । विजय फाउण्डेसनका अध्यक्ष त्रिलोचन सापकोटा र विजय विकास स्रोत केन्द्रका पुर्व अध्यक्ष खेमराज सापकोटाले प्रशिक्षण दिनुभएको थियो । गैँडाकोट नगरपालिका भित्र हालसम्म ३५० वटा होटल दर्ता रहेका छन् ।

Share.

Leave A Reply