मुना साकोसको अध्यक्षमा रविन्द्रराज घिमिरे चयन

0


गैंडाकोट । मुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौंथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले अध्यक्षमा रविन्द्रराज घिमिरे चयन हुनुभएको छ ।

संस्थाको उपाध्यक्षमा सिता चापागाई सचिवमा मिलनराज घिमिरे कोषाध्यक्षमा अमृतकान्त पण्डित सह सचिवमा टिकाबहादुर क्षेत्री सह कोषाध्यक्षमा शान्ता पाण्डे काप्री चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा संगिता घिमिरे, युवराज रिमाल, तेजप्रसाद घिमिरे, शान्ती न्यौपाने, मेनुका घिमिरे, गिता तिवारी, एकदेव रिमाल, भुमिका तिमिल्सिना र मुक्तिलाल भण्डारी सर्वसम्मत चयन हुनुभएको निर्वाचन समिति संयोजक डिल्लीराज घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा हरि पौडेल सदस्यहरुमा कपिल घिमिरे र दुर्गा नेपाल पोखरेल चयन हुनुभएको छ । सोमबार गैंडाकोट पम्पि∙ स्किम खानेपानी तथा सरसरफाइ उपभोक्ता संस्थाको सभाहलमा भएको निर्वाचन कार्यक्रमबाट सो समिति गठन गरिएको हो ।

Share.

Leave A Reply