गैंडाकोटमा विद्युत अवरुद्ध

0

अनिता रानाभाट

पौष २९, गैंडाकोट । बुटवल नारायणगढ सडक खण्ड विस्तार अन्र्तगत सडक खण्डमा पर्ने रुख काट्ने क्रममा गैंडाकोटमा विद्युतको पोल भाँचिएपछि गैंडाकोटमा विद्युत अवरुद्ध भएको छ ।

गैंडाकोट थुम्सी क्षेत्रको जङ्गलमा रुख काट्ने क्रममा ४ ओटा पोल भाँचिएपछि बिद्युत सेवा अवरुद्ध हुन पुगेको नेपाल बिद्युत प्राधिकरण गैंडाकोट प्रशाखा प्रमुख सुजन रिजालले जानकारी दिनुभयो ।

विद्युत सुचारु गराउने कार्य शुरु गरिएपनि साँझ अबेरसम्म लाग्न सक्ने उहाँले बताउनुभयो । काठ हटाउने, पोल ठड्याउने तार टाँग्ने गर्न समय लाग्न सक्ने उहाँको भनाई छ ।

Share.

Leave A Reply