मुना साकोसमा करिब ३१ लाख मुनाफा

0

प्रेम क्षेत्री,गैंडाकोट, २८ पुस । मूना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गतवर्ष करिब ३१ लाख मुनाफा गरेको छ । सोमबार गैंडाकोट पम्पि∙ स्किम खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाको सभाहलमा भएको संस्थाको चौंथो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनमा कोषाध्यक्ष सिता चापागाई घिमिरेले सो जानकारी दिनुभएको हो । आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले शेयरपुँजी १ करोड १८ लाख १२ हजार ८ सय पुगेको बताउनुभयो । त्यस्तै प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव रविन्द्रराज घिमिरेले ४४ वुँदामा विभिन्न कार्यक्रम प्रस्ताव गर्नुभएको थियो । उहाँले संस्थामा हाल १६९० सेयर सदस्य रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सांसद कृष्णचन्द्र नेपालीले सहकार्य र एकताका माध्यमबाट व्यक्ति र समाजको विकास गर्न सकिने भएकाले सहकारी एक सशक्त माध्यम रहेको बताउनुभयो । उहाँले मुना साकोसको प्रगतिको कामना गर्दै आयआर्जन हुने खालका कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो ।
मुकुन्दसेन र नारी कल्याण साकोस एकिकरण भएपछि सदस्यको आर्यआर्जन वृद्धि गराउन संस्थाले महत्वपूर्ण भुमिका निर्वाह गरेको संस्थाका अध्यक्ष संगिता घिमिरेले बताउनुभयो । कार्यक्रममा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक शिवप्रसाद पाण्डे र ऋण उपसमितिको प्रतिवेदन संयोजक तेजप्रसाद घिमिरेले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष युवराज रिमालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष माधवप्रसाद गौतम, समाजसेवी एवम् संस्थाका सल्लाहकार टोलनाथ घिमिरे, ईश्वरीनाथ रिमाल, शोभाखर रिमाल, तिर्थराज रिमाल, गैंडाकोट ४ का कार्यवाहक वडा अध्यक्ष तेजप्रसाद घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply