धौलागिरी टोल गैडाकोट २ को खेलकुद कार्यक्रम सम्पन्न

0

पुष्कर अधिकारी, २८ पौष । गैडाकोट नगरपालिका वडा न.२ अन्तर्गत धौलागिरी टोल विकास संस्थाद्धारा आयोजित खेलकुद कार्यक्रम सम्पन्न भएको छ।


बालकालिका,युवा तथा महिला लगायत टोल बासीलाइ समेटि कार्यक्रम गरीएको हो । कार्यक्रममा टोल सुधार भित्र पर्ने सबै बर्गहरुलाई समेटि फुटवल, घैटो फुटाइ, म्युजिकल चियर, चम्चा दौड,वेलुन फुटाइ जस्ता खेलहरु खेलाइएको थियो। टोलभित्र वसोवास गर्ने स्थानीयहरुवीचको खेलकुद कार्यक्रमले टोलबासिमा भाइचारा सम्वन्ध सुमधुर बनाउनुका साथै शारिरीक स्वस्थ रहन मद्धत राख्ने भएकाले कार्यक्रमको आयोजना गरीएको कार्यक्रमका अध्यक्ष बिष्णु माया पन्थिले बताउनुभयो। कार्यक्रमले टोलबासिमा उत्साह थप्ने भएकाले यी कार्यक्रमहरु टोल,वडामा मात्रै नभइ नगर स्तरमा नै आयोजना गर्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि एवंम वडा न. २ का अध्यक्ष धुर्बराम पौडेलको भनाइ रहेको थियो।

कार्यक्रमा जनप्रतिनिधि, समाजसेवि, बुद्घीजीवी, बिभिन्न क्लवका प्रतिनिधि,खेलप्रेमि लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम नागरीक कलेजको खेल मैदानमा सम्पन्न भएको हो । खेलमा विजयी भएका खेलाडीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

Share.

Leave A Reply