विजयश्री सहकारीमा पुनः सापकोटाको नेतृत्व, आज सपथ ग्रहण सम्पन्न

0

गैंैडाकोट, २८ पुस । विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेडको चौंथो वार्षिक साधारण सभाबाट पुनः अध्यक्षमा हरिलाल सापकोटा चयन हुनुभएको छ ।

संस्थाको उपाध्यक्षमा गोपीनाथ खरेल, सचिवमा पार्वती गौडेल पौडेल, कोषाध्यक्षमा लक्ष्मिप्रसाद कंडेल, सह–सचिवमा लिलाबहादुर अधिकारी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा मनोजकुमार श्रेष्ठ, अमृता लामिछाने, शेषकान्त देवकोटा र खिनमाया कंडेल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको निर्वाचन उप समितिका संयोजक माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा आनन्द चालिसे सदस्यहरुमा गजेन्द्रराज न्यौपाने र विष्णुबहादुर गौतम रहनुभएको छ । नवनिर्वाचित पदाधिकारीहरुले सोमबार विजय विकास स्रोत केन्द्रको सभाहलमा सपथ ग्रहण समेत गरेका छन् । निर्वाचन समिति सदस्यमा टिकाराम कंडेल र गोविन्द रिमाल रहनुभएको थियो ।

सपथ ग्रहणपछि नव निर्वाचित अध्यक्ष हरिलाल सापकोटाले यसअघि गरेको अध्ययनलाई व्यवहारत कार्यान्वयनमा ल्याईएको बताउँदै संस्थागत हितका लागि प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा विकू बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटा, विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मी गौतम कंडेल, पुर्व अध्यक्ष केशवप्रसाद सापकोटा, ईन्द्रराजज्योती पौडेल, खेमराज सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्दै गैंडाकोटबासीलाई सहज सेवा प्रदान गर्न सुझाव दिनुभयो । कृषकका उत्पादित सामग्री बिक्रि वितरणको वातावरण बनाउन उहाँहरुले आग्रह गर्नुभयो । कार्यक्रममा विजय परिवारका सदस्यहरुको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply