गैंडाकोट ३ मा नाटकिय शैलीमा ठगी गरेर लगेका २२ खसी बोका आज चितवनमा फेला, व्यक्ति अझै फरार

0

माया कंडेल

गैंडाकोट पुष २८

गैंडाकोट ३ मा नाटकिय शैलीमा ठगी गरेर लगेका २२ खसी बोका आज चितवनमा फेला परेको छ । वुधवार साँझ प्रकाश मल्ल नाम बताउने एक अपरिचित व्यक्ति गैडाकोट नगरपालिका वडानम्वर ३ गडम्दी पसेर ६ किसानको २२ खसीवोका लिएर फरार भएका थिए । व्यक्ति पक्राउ नपरे पनि खसीबोका आज नारायणगढ कमलनगरको फ्रेस हाउसमा भेटिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । नारायणगढ कमलनगरमा फ्रेस हाउस संचालन गर्दै आउनुभएका लालबाबु अन्सारीको खोरमा खसीबोका भेटिएको हो ।

प्रकाश मल्ल नाम बताउने सो व्यक्तिले फ्रेस हाउस संचालक अन्सारीलाई खसीबोका बिक्री गरेको प्रहरीले जानकारी दिएको छ । खसीबोका सिसिटिभीको सहयोगमा फेला परेको र सो व्यक्तिको खोजी कार्य जारी रहेको समेत इलाका प्रहरी गैडाकोटले जनाएको छ ।
यसअघि प्रकाश मल्ल नाम बताउने व्यक्तिले सोझासाझा किसानलाई खोर वनाउन अनुदान दिने, समूह गठन गरेर पदाधिकारीमा रहने किसानलाई तीन तीन महिना अष्ट्रेलिया, चीन, कोरिया घुमाईदिन्छु भन्दै फकाउन थालेका व्यक्तिले खसीवोका लिएर फरार भएका थिए । लालीगुरास सहकारी चितवनको उपाध्यक्ष भएको बताउँदै किसानहरुलाई एकजुट वनाई आफ्नै कपीमा समिति पनि गठन गरेको स्थानीयले बताएका छन् । तरपछि रकम भुक्तानी माग गर्दा पैसा लिएर आउँछु भनी हिडेको र मोवाईल सम्पर्क गर्दा स्वीच अफ भनेपछि स्थानीयले ठगिएको थाहा पाएका थिए ।

स्थानीयले आज इलाका प्रहरी कार्यालय गैडाकोटमा लिखित उजुरी समेत दिएको र थप अनुसन्धान जारी रहेको इन्सपेक्टर चन्द्र वहादुर थापाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply