अम्रिसोले उत्साह, सहज सडकमार्ग र बिचौलियाको अन्त्य हुनुपर्छ : किसान

0

प्रेम क्षेत्री
गैंडाकोट । गैंडाकोटको उच्च पहाडी क्षेत्र वडा नम्बर १८ का स्थानीयले वर्षौदेखी अम्रिसो खेती लगाउँदै आएका छन् । उनिहरुले लगाएको अम्रिसो गाईवस्तु र बाख्रालाई घाँस मात्रै हुन्थ्यो । घरमा आवश्यकमात्रै कुचोका रुपमा प्रयोग हुन्थ्यो त केही आफन्तीलाई उपहार दिने गर्नुहुन्थ्यो । अरु त्यतिकै खेर जान्थ्यो ।
२०५२ सालमा डोडेका दुर्गाबहादुर शारु मगरले वेंशी झारेर अम्रिसोको कुचो बेच्न थालेपछि आम्दानी हुने रहेछ भन्ने लाग्यो । पहिलो पटक गाउँमा व्यवसायीक रुपमा नै अम्रिसो खेती गर्ने सोंचका साथ उहाँले यसको थालनी गर्नुभयो । उहाँले भन्नुभयो –“गाई वस्तुलाई घाँस हुन्छ भनेर पहिलेदेखी नै गर्दै आएका थियौं तर २०५२ सालदेखी कुचो बनाएर बेच्न पनि थाले त्यतिबेला पनि २० हजार सम्म कमाई हुन्थ्यो ।”
अम्रिसोले गाईवस्तु र बाख्रालाई घाँस हुन्छ भनेर गरेको खेतीले पैसा हात पर्न थालेपछि उहाँ दंग पर्नुभयो । वर्षमा केही नभएपनि २० देखी २५ हजार हात पथ्र्यो । केही वर्ष यसको माग पनि उच्च थियो । तर अहिले पहिले जस्तो छैन । उहाँका २ छोरा विदेशमा छन् । १ छोरी भेडाबारी डेरामा राखेर पढाउनुभएको छ । अहिले उमेर ढल्कदै गयो । गाउँमा काम गर्ने युवा छैनन् । त्यसमाथी अम्रिसोको कुचोको मुल्य छैन उहाँको गुनासो यस्तै छ । “२ छोरा विदेशमा छन् छोरी भेडाबारी बसेर पढ्छिन अब बुढाबुढीले गर्न सकिएन ।” – उहाँले भन्नुभयो ।
गैंडाकोट १८ बसेनीका ३६ वर्षिया विष्णुबहादुर गन्द्रमा मगरले जग्गा एकिन नभएपनि बारीको कान्लाभरी अम्रिसो लगाउनुभएको छ । व्यवसायिक रुपमा नभएपनि अम्रिसोको कुचो बेचेर आम्दानी हुन थालेपछि ५ वर्षदेखी उहाँले व्यवस्थित रुपमा गर्न लाग्नुभएको छ । तर मुल्य नपाउने गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो –“ पहिले २÷४ वटा बोट थियो पछि यसलाई वढाए, ४ वर्षअघि ६० रुपैंयाँ सम्म पनि बेँचे अहिले त भाउ नै पाउन छाड्यो ।” २ वर्षअघि ५० देखी ६० रुपैयाँ सम्म पर्ने अम्रिसोको एउटा कुचोलाई अहिले झन मुल्य घटेर ३० रुपैयाँमा बेच्नु परेको उहाँ गुनासो गर्नुहुन्छ । उहाँले थप्नुभयो –“ढुवानी गरेर बजार गोदाममा पु¥याउँदा व्यवसायीले भाउ दिदैनन् मात्रै ३० रुपैयाँमा बेच्नु परेको छ ।”
२ वर्षदेखी यसको मुल्यमा थपघट भएको छैन । त्यसमाथी अम्रिसो खेतीबारे प्रयाप्त ज्ञान छैन । यसबारे उनिहरुले कहिल्यै तालिम लिएनन् । यसले आम्दानी दिन थालेपछि व्यवासयिकरुपमा गर्नुपर्छ भन्ने सोच भने बनेको छ तर किसानले ढुवानीको समस्या र विचौलीयाका कारण व्यवसायिक रुपमा गर्न सकेका छैनन । उहाँ भन्नुहुन्छ– “गाउँमा डुलाउने हो भने यसबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ ।”
धान हुने खेत छैन । रुखो बारी छ । अन्य खेती गरौ त राम्रो फसल आउँदैन । घर परिवार चलाउन केही गर्नैपर्छ । एकमुष्ट लिएर गोदाममा जाँदा मुल्य पाईदैन गाउँमा डुलाउन सक्ने हो भने जीविका चलाउन गाह्रो नहुने उहाँको भनाई छ ।
असारमा केही गोडमेल र काँटछाट गर्न सक्ने हो भने यसले राम्रो आम्दानी दिने अमिस्रो खेती गर्दै आएका किसान बताउँछन् । तर सबैभन्दा पहिले सहज सडकमार्ग र बिचौलियका अन्त्य गर्नुपर्ने उनिहरुको माग छ ।
बारीको कान्लामा लगाइने अम्रिसो भूक्षय नियन्त्रणका लागि अति उपयोगी मानिन्छ । यसले आम्दानी दिने भएपछि किसानमा उत्साह पनि वढेको छ । राम्रो कमाइ हुने देखेकै भरमा यसको खेतीतर्फ लागेका कृषकले कतैबाट सहयोग नपाएको गुनासो गरेका छन् ।
उता गैंडाकोट १८ का वडा अध्यक्ष तिलबहादुर चितौरेले वडाबासीले पहिलेदेखी नै परम्परागत रुपमा खेती गर्दै आएको बताउनुभयो । वडामा सडक सञ्जाल विस्तार र सडक मर्मतको काम भएपनि अम्रिसो खेतीलाई व्यवसायिक बनाउन नसकिएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ –“अम्रिसो खेतीमा लागेका किसानका लागि विभिन्न तालिम, तथा निःशुल्क बिरुवा उपलब्ध मात्र गराउने हो भने पनि भिराला पाखाबारीको भु–क्षय कमी हुने डालेघाँसले पशुवस्तुमार्फत थप आम्दानी हुने र कुचो बेचेर नगद प्राप्त गरी स्थानीयको आर्थिक पक्षमा समेत राम्रो प्रभाव पर्ने भएकाले त्यतातर्फ पनि सोचेका छौं ।”
व्यवसायिक रुपमा गर्न सक्नेगरि वातावरण बनाउन पहल भईरहेको उहाँको भनाई छ । यसबारे ज्ञान दिन सके वडालाई आर्थिक रुपमा सबल बनाउन सकिने उहाँ बताउनुहुन्छ ।

Share.

Leave A Reply