नीति, विधि र प्रविधिमा टेकेर अघि बढ्छौँ : ओमप्रसाद सापकोटा

0

सहकारी अभियानमा विकूले फरक पहिचान स्थापित गर्दै अघि बढेको छ । २६ जनाले दैनिक ५० पैसा संकलन गरेर सुरु गरेको सहकारी अभियानले फड्को मार्न सफल भएको छ । २८ वर्ष अगाडि विजय विकास स्रोत केन्द्रको विचार नेतृत्व र परिकल्पनाका अनुसार स्थापना भएको सहकारीको अहिले पौने ५ अर्ब पुँजी संकलन गरिसकेको छ । यस सहकारीले वित्तिय र गैरवित्तिय सेवा प्रदान गरि समुदायको पहिलो रोजाईका लागि विशिष्ट योगदान पु¥याउँदै अघि बढिरहेको छ । यस संस्थाको ३० औँ साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । उत्कृष्ट सेवा र सुरक्षाका लागि एसियाली स्तरको अन्तर्राष्ट्रिय ब्राण्ड एक्सेस ब्रोञ्ज प्राप्त गरेको विकूमा करिब ६० हजार शेयर सदस्य पुग्न लागेका छन् । विकूका केन्द्रीय कार्यालय सहित १३ स्थानबाट सेवा दिइरहेको छ । ३० औँ साधारणसभाका क्रममा एकीकरण भएका सहकारीहरुबाट थप सेवा दिने पक्रियामा रहेको छ । आफ्नो क्षेत्र अन्तर्गतका सदस्यको गरिबी मापन गरी गरिबी निवारण गर्ने ध्येयका साथ अघि बढिरहेको विकूका आगामी योजना कस्ता हुन सक्छन् ? यसै सन्दर्भमा विकूका नवनिर्वाचित अध्यक्ष ओमप्रसाद सापकोटासंग कुराकानी गरेका छौँ । प्रस्तुत छ विजय खबरले उहाँसंग गरेको कुराकानी ।
विकूको नेतृत्वमा आउँदा कस्तो अनुभव गरिरहनुभएको छ ?
विकूको जे उपलब्धी भएको छ, त्यो उपलब्धीको लागि हाम्रो नयाँ टिम सक्षम छ, भन्ने महशुस गरेको छु ।
चुनौती महशुस भएको छ ?
चुनौती पक्कै पनि महशुस गरेको छु किन की विकू धेरै उचाइमा पुगेको संस्था हो, यो उचाइलाई अझै उचाइ थप्नका लागि जिम्मेवारी आएको छ । यो जिम्मेवारीलाई चुनौतीको रुपमा लिनु भन्दा पनि अवसरको रुपमा लिएको छु । वार्षिक कार्ययोजना अनुसार कामहरुको व्यवस्थापनका लागि हामी प्रतिवद्ध छाँै । विकूको स्थापनाको उद्देश्य र सहकारीको मर्मलाई टेकेर काम गर्दछाँै ।
विकूको १ नम्बर सदस्य हुनुहुन्छ ? स्थापना कालदेखि अहिलेसम्मको समयलाइ कसरी स्मरण गर्नुहुन्छ ?
त्यतिबेला गँैडाकोट खाउँ त मकै, नखाउ त भोकै भन्ने स्थान थियो । यहाँको विकासका लागि सहकार्यको आवश्यकता छ भन्ने महशुस गर्यौँ । तत्कालिन समयमा विजय विकास स्रोत केन्द्रको सभाहलमा बचतको तालिम चलिरहेको थियो । सोही तालिमका क्रममा यहाँ पनि बचत गर्ने काम सुरु गर्न सकिन्छ कि भन्ने सोचका साथ यो अभ्यास सुरु भएको हो । म सोही तालिमका सहजकर्ता बासुदेव न्यौपानेलाई सम्झन चाहन्छु । उहाँले देखाउनुभएको बाटो यति सुन्दर रहेछ अहिले महशुस समेत गरेको छौँ । विकासको विउ नै बचत हो भन्ने अवधारणा र सोचका कारण नै विकूको जन्म भएको हो । तत्कालिन समयको त्यो दिन र अहिलेको दिन सम्झदा अकाश पातालको फरक भएको छ । समुदायमा सहकारीको भावना विकास गराउन र छरिएर रहेको पुँजी एकीकृत गर्न सहकारीको जन्म भएको हो । तत्कालिन समयमा सहकारीको दर्ताका लागि पनि चुनौती खेप्नु परेको थियो ।
विकूको स्थापनाको परिकल्पना अहिले साकार भएको छ ?
विकूको स्थापनाको परिकल्पना भन्दा धेरै माथि पुगेका छाँै । हामीले परिकल्पना गरेको भन्दा धेरै उचाइ लिएका छौँ । अहिले जुन प्रविधिको विकास भएको छ । जुन प्रविधिलाई विकूले आत्मसात गरेको छ । अहिले समुदायमा कुनै पनि काम गर्नका लागि पुँजीको अभाव छैन । बरु विचारको कमि छ होला । अब हामीलाई पुँजीको खाँचो छैन, कोही कसैसंग सोच र विचार छ भने त्यसको परिकल्पना पुरा गर्नका लागि विकू अहिले सबैको माझमा छ ।
विकूको मिसन के हो ?
वार्षिक कार्यक्रमका साथमा अघि बढ्ने हो । यसका लागि पञ्च वर्षिय योजना पनि हामी संग रहेको छ । यो मात्र होइन विकूको मिसन भनेको वेष्ट एण्ड विगेष्ट पनि हो । वेष्ट हुनका लागि निति, विधि र प्रविधिले हामी अघि बढ्दै छौँ । यति मात्र होइन सदस्यमुखी हुनका लागि हाम्रा सेवा पनि उत्कृष्ट छन् । विकूले गर्भदेखि स्वर्ग सम्मका कार्यक्रम अघि बढाइरहेको छ ।
विगेष्ट हुनका लागि एकीकरण पक्रियामा जोड दिनुभएको हो ?
एकीकरण पक्रिया एक पक्ष मात्र हो । हामीले संख्यात्मक रुपमा धेरै स्थानमा पुग्ने सोच राख्दैनौँ । जहाँसम्म पुग्छौँ त्यहाँ बेष्ट सेवा दिन सक्नु पनि हो । वेष्ट एण्ड विगेष्ट एकै सिक्काका दुइ पाटा हुन । हाम्रो व्यवस्थापन पक्ष बलियो छ । नेपालकै टप व्यवस्थापन हाम्रो छ । हाम्रा कर्मचारी खुसीले काम गर्दछन् । यसले पनि हामीलाई धेरै कुरामा विगेष्ट बनाउँछ । विकसित देशमा अवलोकनमा जाँदा के पायौँ भने, श्रीलंकामा जन्मदर्ता सहकारीमा गर्दछन्, १० कक्षासम्म सरकारले पढाउँछ, त्यसपछि उच्च शिक्षाका लागि सहकारीले हेर्ने गरेको छ । यस्ता योजनाका साथमा विगेष्ट अवधारणमा अघि बढ्ने सोचका साथ अघि बढ्ने हो ।
विकू पनि उच्च शिक्षाका लागि सहयात्री बन्ने योजना हो ?
हो, सपना देख्नुपर्दछ, हामीले भविष्यमा विकू उच्च शिक्षाका लागि सहयात्री बन्नेछ । हाम्रा देशका सक्षम युवाहरुलाई नेपालमै अध्ययनमा लगानी गरेर यहीँ क्रियाशील बनाउन सकियो भने सबै भन्दा उत्तम कार्य पनि हुन्छ । हामी यही सोचका साथ अघि बढ्नेछाँै ।

दीगो विकासको लक्ष्य प्राप्तीका लागि विकूका कार्यक्रम सहायक सिद्ध छन् । यसमध्ये पनि गरिवि निवारणका लागि विकूले काम गरिरहेको छ भनेर सुन्दै आएका छाँै । गरिवि निवारणमा विकूले गरेको प्रगति के छ ?
गरिबी निवारणका लागि हाम्रा विभिन्न कार्यक्रम छन् । विपन्न परिवारका घरजग्गा नहुन सक्छ । केही सेयर सदस्यहरुलाई साँची राखेर एक लाख सम्मको ऋणधन गर्न सक्ने, अहिले पारिवारिक रुपमा साँची राखेर घरपरिवारलाई लोन लिने भन्ने छ यसको सिमा २ लाखसम्मको लोन विमा गरेर दिेन पक्रिया रहेको छ । विपन्न परिवारका क्षमता भएका विद्यार्थीहरुलाई सहयोग गर्ने लगायतका कार्यक्रमहरु रहेका छन् ।
सदस्यको गरिबी निवारणको मापन गर्ने गरिएको छैन ?
गरिबी निवारणको मापनको काम विकूले गरेको छ । गतसाल काठमाण्डौँ विश्वविद्यालयसंगको सहकार्यमा यो काम भएको हो । विकूको १ नम्बर सदस्य देखि २ हजार सदस्यसम्म हामीले मापनको काम सम्पन्न पनि गरिसकेको अवस्था छ । अब दुइ हजारदेखि ४ हजार सदस्यसम्मको हेर्ने छौँ । सहकारीमा आवद्ध भएर सदस्यहरुको चेतनामा धेरै परिवर्तन आएको छ । चेतनामा आएको परिवर्तनले सदस्यको आर्थिक व्यवस्थापनको पाटोमा सुधार आएको देखिएको छ । यसको विस्तृत विश्लेषण सहितको रिपोर्ट आउँदै छ । यो पछिको छलफलको विषय रहेको पनि जानकारी गराउँदछु ।
तपाईं विकूको पहिलो नम्बरको सदस्य ? यहाँको जीवनमा के परिवर्तन आयो ?
म संग कुनै पैसा छैन, मलाई कुनै गाह्रो साह्रो अप्ठेरो परेको अवस्था विकू छ । विकूको सञ्चालक भएको नाताले लोन लिन पाइदैन । तर म सञ्चालक नभएको खण्डमा म संग सोच भएको र विचार नयाँ आएको खण्डमा पुँजीको कमि हुने छैन । स्वास्थ्य विमा लगायतका कार्यक्रमले पनि सहजता दिएको छ । सहकारीले आर्थिक पाटोको समृद्धि मात्र होइन, यसले समाजमा सामाजिक छवि पनि दिन्छ, त्यो समाजिक छवि विकूबाट धेरै पाएको छु, जसले म खुसी छु ।
सदस्य लक्षित कार्यक्रमका लागि तपाईंको ध्येय के हो ?
सर्वप्रथम हामीले सहकारी भावनामा परिवर्तन ल्याउनु जरुरी छ । समाजमा रहेका सबै व्यक्तिहरुका भावना मिलाउन सकियो भने मात्रै सहकार्य हुन्छ । सहकार्य भयो भने मात्रै सहकारी सम्भव छ । अब सहकार्यको भावनामा विकास गर्न जरुरी छ । सदस्यहरुलाई सहकारी शिक्षा र सहकारीको मर्म बुझाउन जरुरी रहेको महशुस गरेको छु ।

विकू के कारणले फरक छ ?
विकू निति विधि र प्रविधिका कारणले फरक छ । प्राविधिक रुपमा हामी अघि बढेकै कारण केही समय अघि नेफ्स्कूनले उत्कृष्ट प्रविधिको अनुकरणीय प्रयोग गरेका कारण सम्मानित गरि प्रमाणित गरेको छ । विकूले एससिटि नेटवर्कसंग आवद्ध नेपालभरि रहेका बैँक तथा वित्तिय संस्थाहरुको एटिएमबाट रकम निकाल्न तथा पिओएसमा पनि प्रयोग गर्न सकिन्छ । विकूले घरमै बसेर धेरै काम गर्न सक्ने स्मार्ट सदस्य बनाइरहेको छ । यस कारण पनि विकू फरक छ । बेष्ट पनि छ ।
अबको ४ वर्षपछि विकू कहाँ पुग्छ ?
विगतका वर्षदेखि एक्सेस ब्राण्डिङ कार्यक्रममा सहभागि भइ गुणस्तरीय सेवा एवं उच्च सुरक्षाको अन्तर्राष्ट्रिय स्तरको एक्सेस ब्राण्ड ५ पटक लगातार प्राप्त गरिसकेका छौँ । अब हाम्रो लक्ष्य भनेको यसमा थप एक उचाई हासिल गर्ने रहेको छ । दीगो विकास प्राप्तीका लागि सक्षम सहकारी निर्माण हुनेछ । हामीले विकूको जगेडा कोषलाई बलियो बनाउने गरी अघि बढ्ने छौँ । अब जसको जगेडा कोष बलियो हुन्छ, त्यो सहकारीले सदस्य उन्मुख कार्यक्रमहरु अघि बढाउन पनि सक्ने छ । यसका साथै विकूको सदस्य कोही पनि बेरोजगार हुन पर्ने छैन । यसका लागि भावि कार्ययोजना निर्माण गरि अघि बढ्नेछाँै । बाँकी हाम्रा कार्ययोजना अनुरुप कार्य सम्पादन हुनेछन् ।

Share.

Leave A Reply