संचालनमा आयो गैंडाकोट ८ को मिनीमार्ट, नयाँ कार्यसमिति पनि चयन

0

माया कंडेल,गैंडाकोट, २७ पुस । दैनिक उपभोग्य सामानको खरिदका लागि पसल पसल चहार्नुपर्ने बाध्यतालाई हटाउँदै गैंडाकोट ८ मा मिनीमार्ट सञ्चालनमा आएको छ ।

विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा प्रर्वद्धित विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको मिनीमार्टको आईतबार गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले समुद्घाटन गर्दै हरेक व्यक्ति आत्मनिर्भर बन्न आवश्यक रहेको बताउनुभयो । सहकारी ग्रामको रुपमा रहेको गैंडाकोटमा सहकारीले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । स्थानीय उत्पादनले मिनिमार्केटमा स्थान पाउने हुनाले मिनिमार्केटको महत्व हुने बताउनुभयो । उहाँले अर्गानिक उत्पादन गर्न सके बजारलाई पनि समस्या नहुने बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाका नगर उपप्रमुख बिष्णुकुमारी कंडेलले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर अगाडी बढ्न उहाँले आग्रह गर्नुभयो । नगरपालिकाभित्र रहेका र भएका उत्पादनलाई प्राथमिकता दिदैँ अगाडी बढ्न सके स्थानीयको आर्थीक विकासमा पनि टेवा पुग्ने बताउनुभयो । उहाँले गैंडाकोट १८ का तरुल गैंडाकोटका अन्य वडाका व्यक्तिले उपभोग गर्न पाउने वातावरण संस्थाले सिर्जना गर्न उहाँको आग्रह रहेको छ ।

विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिलाल सापकोटाले कालोबजारी, मूल्यमा उतारचडाव, मिसावट युक्त खाद्यवस्तुहरु, नापतौलमा ठगीको प्रक्रियालाई अन्त्य गरी गुणस्तरीय वस्तुको अभावलाई आपूर्ति गर्न र एउटै छानामुनि सबै प्रकृतिको उपभोग्य वस्तुहरुको अभावलाई हटाउन मिनिमार्ट सञ्चालनमा ल्याएको बताउनुभयो ।

गैंडाकोटका तीन ठाउँबाट सेवा सञ्चालन गर्ने तयारी रहेको संस्थाका सचिव गोबिन्द रिमालले बताउनुभयो । उहाँले आर्थीक बर्ष ०७६÷७७ मा शेयर सदस्य संख्या ५ सय पु¥याईने र शेयरपुँजी बृद्धि गरि २ करोड पु¥याईने जानकारी दिनुभयो । सहकारीमा काम गर्दाको अनुभूतिलाई जोडेर संस्थाले मिनि मार्ट सञ्चालनमा ल्याईएको संस्थाका सचिव रिमालले बताउनुभयो ।

आर्थिक प्रतिवेदन कोषाध्यक्ष आनन्द चालिसेले प्रस्तुत गर्नुभएको थियो । संस्थामा हाल २४९ शेयर सदस्य रहेका छन् भने सेयर पुँजी १ करोड १६ लाख ६४ हजार रहेको जानकारी दिनुभयो । लेखा समिति प्रतिवेदन लेखा संयोजक केशवराज शर्माले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मी गौतम, विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ओमप्रसाद सापकोटा, विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष टिकाराम कंडेल, शेयर सदस्य भानुभक्त लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार कविवर गोबिन्दराज विनोदीले संस्थाको बारेमा, संस्थाको विकासको कामना गर्दै कविता वाचन गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष माधवप्रसाद पौडेलले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको सहजीकरण संस्थाका सचिव गोबिन्द रिमालले गर्नुभएको थियो ।

सहकारीको माध्यमबाट सञ्चालन गरिएको मिनिमार्ट गैंडाकोटमै नयाँ हो भने अधिकाँश सामान विकसित देशको जस्तै गरी एकै ठाउँमा सपिङ गर्न सक्ने गरी गरिएको व्यवस्थाले स्थानीय पनि खुशी भएका छन् । हाल उपभोक्ताहरुलाई सस्तो मुल्यमा गुणस्तरीय खाद्यान्न र कस्मेटिक सामग्री उपलब्ध गराउँदै आएको छ ।

यसैविच संस्थाले नयाँ कार्यसमिति चयन गरेको छ । समितिको नामावली भने भोलि मात्रै घोषणा गरिने र भोलि २ बजे विकू सहकारीको सभाहलमा सपथ ग्रहण कार्यक्रम रहेको निर्वाचन संयोजक माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

मिनी मार्ट उद्घाटनको आज पहिलो दिनमै ६ सय जना ग्राहकले भिजीट गरेको र रु. २ लाखको कारोवार भएको सचिव गोविन्द रिमालले जानकारी दिनुभयो ।

Share.

Leave A Reply