२२ वटा खसी ठग्नेको तस्विर सार्वजनिक, देख्नुहुनेले खवर गरिदिन आग्रह (नालीवेली सहित)

0

डोलराज रानाभाट, २७ पुस । वुधवार साँझ एक अपरिचित व्यक्ति गैडाकोट नगरपालिका वडानम्वर ३ गडम्दी पसेर ६ किसानको २२ खसीवोका लिएर फरार व्यक्तिको तस्विर सार्वजनिक भएको छ । सोझासाझा किसानलाई खोर वनाउन अनुदान दिने, समूह गठन गरेर पदाधिकारीमा रहने किसानलाई तीन तीन महिना अष्ट्रेलिया, चीन, कोरिया घुमाईदिन्छु भन्दै फकाउन थालेका प्रकाश मल्ल नाम गरेका व्यक्तिले खसीवोका लिएर फरार भएका हुन् । लालीगुरास सहकारी चितवनको उपाध्यक्ष भएको बताउँदै किसानहरुलाई एकजुट वनाई आफ्नै कपीमा समिति पनि गठन गरेको स्थानीयले बताएका छन् ।

किसानले पालेको खसी चलेको भन्दा वढि मुल्यमा खरिद गरिदिन्छु भनी ६ किसानको २२ खसीवोका गडम्दीबाट ट्याक्टरमा लिएर गैडाकोट कालिगण्डकी चोकसम्म ल्याएको सम्म स्थानीयलाई थाहा छ । पैसा तल बजारमै पुगी सहकारीबाट निकालेर दिने भन्दै केही स्थानीयलाई सँगै ट्याक्टरमा लिएर आए । ट्याक्टरबाट कालिगण्डकी चोकबाट अर्को गाडीमा लोड गरेपछि सँगै आएका स्थानीयलाई तपाई जानु पर्दैन भने । खसीवोका लोड गरेपछि ठगी गर्ने प्रकाश मल्लले पैसा निकालेर ल्याउँछु भन्दै दुई घण्टा बढि हराएपछि स्थानीय तनावमा रहे । नगरप्रमुख र वडासँग कुरा गरेर आएको भन्दै झुटो वोलेर स्थानीयलाई ठगे ।

पाँच वटा मासु पसल रहेको र विदेशमा समेत सप्लाई गर्ने भनी स्थानीयलाई फकाएको र स्थानीय मा ४६० मा चलेको र ६७० किलोको हिसावले दिने भनी ठगी गरेको हो । वडाअध्यक्ष शिवकान्त तिवारीका अनुसार खोर वनाउन अनुदान आउदै गरेकाले स्वीकृत गरिदिनु भनी निवेदन लिन आएपछि आफूले कस्तो व्यक्ति हो के भनी सिफारिस लेख्ने हो ल सम्पर्क गर्नुहोस् त भनी किसानलाई भनेपछि फोन नलागेको र स्वीच अफ भएपछि आफैले इलाका प्रहरी कार्यालय गैडाकोटमा गई मौखिक जानकारी गराएको बताउनुभयो । वाख्रा पाल्न ऋण दिने र दुई वर्षपछि ऋण चुक्ता गर्नुपर्छ । अहिले १० वटा वाख्रा दिने र ३०÷ ३० हजार नगद खोर वनाउन दिन्छौँ र त्यसका लागि आइतवार नगरपालिका गएर सवैले खोर दर्ता गर्नुपर्छ । खोर दर्ता गरेको प्रमाण दिएपछि हामी खोरको पैसा दिन्छौँ भनेर पालेका खसी वोकाहरुपनि हामीनै खरिद गर्छौँ भनेर ठगी गरेको हो ।

ईलाका प्रहरि कार्यालय गैंडाकोटले पनि खबर पाउनासाथ खोजीकार्य तिव्र पारेको छ । १२ बजेदेखिको सीसीटिभि फुटेज हेर्ने काम भइरहेको र अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्द्रबहादुर थापाले बताउनुभयो । नाटकिय शैलीमा ठगीएपछि स्थानीय चिन्तामा छन् ।

Share.

Leave A Reply