अष्ट्रेलिया लैजान्छु भनेर गैडाकोट ३ का किसानलाई ठगी गरेको आरोप

0

प्रतिकात्मक तस्विर

पवित्रा पराजुली, गैडाकोट, २७ पुस । अष्ट्रेलिया, कोरिया र चिन घुमाउने भन्दै गैंडाकोट ३ गडम्दीका ६ जना किसानलाई प्रकाश मल्ल नाम गरेका व्यक्तिले ठगी गरेको स्थानीयले बताएका छन ।

बुधबार साँझ अन्जान मान्छे बास माग्न गाउँमा आएपछि स्थानीयले पनि बास दिए । लालीगुराँस सहकारी चितवनको उपाध्यक्ष रहेको बताउने उक्त व्यक्तिले गाउँमा चलेको मुल्यभन्दा आफुले धेरै भाउ दिने भन्दै ६ घरधुरीबाट २२ वटा खशिबोका खरिद गरेर पैसा भुक्तानी सहकारीबाट निकालेर दिने भन्दै ठगी गरेको बताएर इलाका प्रहरी कार्याल्य गैडाकोटलाई मौखिक जानकारी दिएका हुन ।

खरिद गरिएको २२ वटा खसी वोका गैडाकोटसम्म ट्याक्टरमा ल्याएको र त्यसपछि ट्रकमा पठाएर उक्त व्यक्ति मोवाइल स्वीच अफ गरेर फरार रहेपछि वडाअध्यक्ष शिवकान्त तिवारीको सहायतामा ईलाका प्रहरी कार्यालय गैंडाकोटमा गई उक्त व्यक्ति सहित खशि खोजिदिन माग गरेका हुन् ।

गैँडाकोट ३ का वडा अध्यक्ष तिवारीका अनुसार स्थानीय खोर बनाउनका लागी अनुदान आउँदैछ भन्दै स्विकृत गरिदिनु भनेर आएपछि को व्यक्ती हो मलाई भेटाउनु भनेपछि स्थानीयले उक्त व्यक्तीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नभएपछि स्थानीय ठगिएको भन्ने लागेपछि प्रहरिलाई खबर गरिएको थियो ।

ईलाका प्रहरि कार्यालय गैंडाकोटले पनि खबर पाउनासाथ खोजीकार्य सुरु गरेको छ । यस विषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्द्रबहादुर थापाले बताउनुभयो । सीसीटिभि फुटेज सहितको दृश्यलाई अनुसन्धान गरिरहेको र खोजी कार्य जारी रहेको थापाले बताउनुभयो । नाटकिय शैलीमा गाउँका सबैजना ठगिएपछि अहिले चिन्तासँगै आश्चर्यचकित भएका छन् ।

Share.

Leave A Reply