झेरीखण्डे दरवार उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्छ , शनिवार समन्वय प्रमुख आलेद्धारा अवलोकन

0

डोलराज रानाभाट, हात्तीगौडा, २७ पुस । भ्रमण वर्ष सन् २०२० सुरु भएसँगै जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम ओलेको व्यस्तता बढ्न थालेको छ । जिल्लाबाट प्रदेश सरकारमा १० उत्कृष्ट पर्यटकीय गन्तव्य घोषणा गराउन सफल हुनुभएको आले यतिवेला तीनै गन्तव्यको भौतिक विकास र नयाँ अन्य गन्तव्यको खोजीमा कम्मर कसेर लाग्नुभएको हो । नयाँ पर्यटकीय गन्तव्यको खोजीमा हिजो वुलिङटार १ हात्तीगौडामा रहेको झेरीखण्डे दरवारको भग्नावशेषको अवलोकनका साथै त्यहाँ रहेका ऐतिहासिक स्थलहरुको एक एक गरी अवलोकन गर्नुभएको छ । हात्तीगौडा र काफलडाँडाका स्थानीय, वडाअध्यक्ष दिलवहादुर सुर्यवंशी, नेपाल पत्रकार महासंघका अध्यक्ष होमराज रानाभाट सहित समन्वय प्रमुख आलेले जोखिपुर्ण यात्राबाट पर्यटक आकर्षित गर्ने त्यहाँ रहेका स्थलहरुको खोजी साथै अवलोकन गर्नुभएको हो ।


ऐतिहासिक पुरातात्वीक महत्वसँगै प्राकृतिक सुन्दरताले ढकमक्क ढाकिएको झेरीखण्डे दरवार प्रचारप्रसारका कारण ओझेलमा परेको र यसको इतिहासका बारेमा थप खोजी गर्ने आलेले बताउनुभयो । भीरभीरै हिँडेर लुकेर रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पतीको खोजी गर्नुभएका समन्वय प्रमुख आलेले अवलोकन पश्चात सो क्षेत्रको प्रचारप्रसार र पुर्वाधार निर्माणमा आफनो सक्रियता रहने बताउनुभयो । हात्तीगौडा सम्म पुगेको सडकलाई दरवारको फेदसम्म पुर्याउने र दरवार रहेको स्थान चुचुरोसम्म पुग्न सिमेन्टका सिँढीहरु बनाउने देखि खानेपानीको व्यवस्था गर्ने गरी आफूले प्रदेश र केन्द्र सरकारलाई आग्रह गर्ने बताउनुभयो ।

जयसिङ्गे राजाले राज्य गरेको सो ठाउँको संरक्षण सँगै पूर्वाधार विकास गरेर पर्यटक लैजाने बातावरण वनाउने आलले प्रतिवद्धता जनाउनुभएको छ । दरवारको पुरातात्विक ढुँगाहरु त्यसको वरिपारी ठूलो गुफा , ओढार आदि रहेको छन् । अव ती सवै स्थालहरुको संरक्षणसँगै त्यसको विवरणहरु संकलन गर्ने कार्यलाई तिव्र पारिने भएको छ । जेष्ठ स्थानीय सहितको भनाइलाई आधार बनाई त्यहाँ पुग्न लाग्ने समय, गुफाको लम्वाई , ओढारको विशेषतासँगै मुकुन्दसेन दरवार र झेरीखण्डे दरवारको सम्वन्ध आदिको विषयमा खोज गरी विकास गर्दै जाने वडाअध्यक्ष दिलवहादुर सुर्यवंशीले बताउनुभयो ।

स्थानीय आमा समुह सहितका वासिन्दाले न्यानो स्वागत गरेका सो अवसरमा दरवारको संरक्षणसँगै आएका पाहुनालाई स्वागत सत्कार गर्नेमा गाउँका वासिन्दा मन वहादुर मुग्मी,अन्तीराम लुगेली, गगनसिँह गाहा लगायत पनि सक्रिय रहने बताउनुभएको छ । फागुन र चैतमा गुरास फूल्ने उक्त ठाउँबाट दन्ते लहर देखाएर हासिरहने अन्नपुर्ण र हिउचुलीका साथै लहरै सेता हिमालहरुको प्रष्ट अवलोकन गरी स्वर्गीय आनन्द लिन सकिन्छ ।

तनहुँ, चितवन र नवलपुरका फाँटहरु देख्न सकिने उक्त दरवारको पुननिर्माणसँगै त्यहाँ रहेका गुफा, ओडार, मन्दिर, र पुरातात्विक आकृतिहरुको संरक्षण गर्दै प्रचारप्रसार सँगै पूर्वाधार निर्माण एकै साथ अघि बढाउन सके पर्याप्त पर्यटक आकर्षित हुने पत्रकार महासंघ अध्यक्ष होमराज रानाभाटले बताउनुभयो । गैडाकोट नगरपालिका वडानम्वर १८ को वसेनीबाट नजिकै रहेको उक्त दरवार कच्ची सडकको माध्यमबाट पुग्न सकिन्छ भने पर्यटकलाई मनोरञ्जन दिन आमा समुह आफैले मौलिक संस्कृति कौरा नाचबाट मनोरञ्जन दिने स्थानीय युवा दिल वहादुर गाहाले जानकारी दिनुभयो । १७ घरधुरी रहेको उक्त गाउँका स्थानीयको माया, सत्कार र एकताले त्यहाँ पुग्ने जो कोहीलाइ फेरि फेरि गइरहने मन लाग्ने गैडाकोटका चिरन गरंजा मगरको भनाई रहेको छ ।

Share.

Leave A Reply