भृकुटी कागज कारखाना अस्थिपञ्जर बन्दै, भरतपुर २८ का तीन युवा भने नेपाली कागज बेच्दै

0

आफ्नै उद्योगमा काम गर्दै संचालद्धय हरि न्यौपाने र अर्जुन गौतम

डोलराज रानाभाट, गैडाकोट, २४ पुस । देशमा राज्यको करौडौँ लगानी र विदेशी सहायताले बनेका ठूला कम्पनीहरुको मात्रै चर्चा हुने गरेको छ । कम्पनीहरु संचालनमा आए पनि नआएपनि स्थानीय स्तरमा संचालित लघु उद्योगहरुको चर्चा कमै हुने गर्दछ । देशमा ६० प्रतिशत कागजको आपूर्ति गर्दै आएको गैडाकोटमा अवस्थित भृकुटी कागज कारखाना अहिले अस्थिपन्जर वनिरहेको छ । देशलाई कागजमा आत्मनिर्भर गराउन चीनले गरेको सहयोग अहिले माटोमा मिल्ने अवस्थामा छ ।

अस्थिपञ्जर बन्दै गएको कुनै वेला ६० प्रतिशत काजग आपूर्ति गर्दै आएको गैडाकोटमा अवस्थित भृकुटी कागजकारखानाको ताजा तस्विर । अहिले टिन खिएर उठेर सकिन लागेको छ भने ठूला ठूला मेशीनहरु खियाले खाएर माटो वन्दै गएको छ ।

तर भरपुर २८ अन्द्रौली का तीन युवाले भने नेपाली कागज बनाएर देशलाई विक्रि गरिरहेका छन् । सरकारको असयोग भएपनि तीन जना युवाहरुले २०७४ सालमा ए.सी.एन पेपर एण्ड क्राफ्ट स्थापना गरेर दैनिक २ हजार ४ सय वटा कागज उत्पादन गरी देशका विभिन्न ठाउँमा विक्रि गर्दे आएको संचालक हरि न्यौपानले बताउनुभयो । स्थापनाको समयमा दैनिक छ सय वटा मात्रै कागज उत्पादन गरेका उहाँहरुले अहिले भने सो संख्याको नेपाली कागज उत्पादन गर्दे देशका विभिन्न ठाउँहरुमा विक्रि गर्दै आउनुभएको छ । सोही ठाउँका स्थानीय हरि न्यौपाने, अर्जुन गौतम र सन्तोष सापकोटाले जापानी प्रविधिबाट गुणस्तरीय नेपाली कागज उत्पादन गरि विक्रि गर्दै आइरहुनभएको छ । साँढे ३ कठ्ठा जमिनमा तीनजनाको कुल ३० लाखको लगानीमा सुरु गरिएको उद्योगलाई सरकारले थप अनुदान र लगानी गरिदिए सयौँलाई रोजगारी दिन सक्ने उहाँहरुको भनाई छ ।

भृकुटी कागज कारखानाले उत्पादन दिँदाका समय आपूर्ति गरेको परिमाणकै आधारमा दिन नसकेपनि लगानी र अनुदान पाएमात्रै पनि अहिलेको भन्दा धेरै ठूलो उत्पादन गर्न सकिने उहाँहरुको भनाई छ । सोही ठाउँका सभासद कृष्ण भुर्तेलले उद्योगको अवलोकन गरेपनि सहयोगमा खासै चासो नदिएको गुनासो उहाँहरुको छ । स्थानीय देखि केन्द्र सरकारले कुनै पनि सहयोग नगरेको उहाँहरुको भनाई छ । स्थानीय उत्पादन वावीयो र लोक्ताबाट नेपाली कागज बनाउँदै आउनुभएका उहाँहरुले स्थानीय १८ जनालाई रोजगारी पनि दिइरहनु भएको छ । लगानी बढाउने वातावरण भए विदेशीएका युवाहरुलाई स्वदेशमै रोक्ने सक्ने र कच्चा पदार्थ पनि स्वदेशमै उत्पादन हुने हुनाले यसको सम्भावना धेरै रहेको अर्का संचालक अर्जुन गौतमले बताउनुभयो ।

अहिले भरतपुर अन्द्रौलीले मात्रै चिनेको आफूहरुको उद्योग देशभर चिनाउने प्रयासमा आफूहरु लागिपरेको बताउनुभयो । २०÷३० को साइजमा कागज उत्पादन गर्दै आउनुभएका उहाँहरुले बजार माग पुर्याउन कठीन भइरहेको भन्दै जति उत्पादन भएपनि बजार राम्रो रहेको भनाई छ । सन्तोषको पुसाजुले काठमाण्डौमा सोही व्यवसाय गरेका कारण उहाँकै प्रेरणाले आफूहरुले उक्त व्यवसाय गर्दै आएका हुनु । भारतको मद्रासमा ५ वर्ष सेक्युरिटी गार्ड गरेर वाँकी ५ वर्ष खाडी मुलुक कतारमा रिगरको पदमा काम गर्नुभएका हरि अहिले यही सन्तुष्ट हुनुहुन्छ । घरपरिवारले दिएको माया र समाजमा कमाएको इज्जतले उहाँ खुशी हुनुहुन्छ ।

जन्मिए एक अर्कोलाई चिन्न खोजेदेखिका साथीहरु मिलेर स्थापना भएको उद्योग अहिले धेरै राम्रो स्थितीमा रहेको उहाँहरुको भनाई छ । आआफ्नो जिम्मेवारी वाँडफाँड गरी काम गर्ने यी तीन युवालाई सरकारले प्रोत्साहित गर्नुपर्ने देखिन्छ । एक पिसलाई ८ देखि १५ रुपैया सम्म विक्रि हुने गरेको र अहिले कच्चा पदार्थ लोक्ता पाँचथरबाट,वावियो स्याङ्जा र दाङबाट आायात गरिएको छ । वर्षमा दुई पटक पाइने कच्चा पदार्थ को सिजन पुस महिना हो । वार्षिक १४ टन वावियो र ५ लोत्ता आयात गरेर उत्पादन गरिएको नेपाली कागज देशका १५ भन्दा वढि जिल्लामा रहेका स्टेशनरीमा विक्रि गरिदै आएको छ ।

७ वर्ष जितपुरमा मोबाइल पसल गर्दा अहिले भन्दा राम्रो आम्दानी भएको बताउने अर्जुन नेपाली कागजको भविष्य देख्नुहुन्छ । कच्चा पदार्थ उत्पादन देखि काजग विक्रि सम्म वाँझो वारी प्रयोग देखि हजारौँले रोजगारी पाउने अवसर हुँदा पनि कुनैपनि तहको सरकारले चासो नदिँएको गुनासो गर्नुहून्छ ।

Share.

Leave A Reply