मालपोत कार्यालय कावासोतीः भएका कर्मचारीले समेत काम गरेनन्, तोक लाउन ढेड घण्टा लाइन

0

फोटोः डा. मतिप्रसाद ढकालको फेसबुकबाट

डोलराज रानाभाट, गैडाकोट, २४ पुस । कार्यालय प्रमुख नहुँदा अस्तव्यस्त वनेको मालपोत कार्यालय, कावासोती, नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा भएका कर्मचारीले पनि समयमै सेवा नदिएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् । कर्यालयमा अधिकाँश कुर्ची खाली रहेको र कुर्चीमा भएका कर्मचारीले पनि जनतालाई भोलि आउनुहोस् भन्दै झुलाएको सेवाग्राहीले बताएका हुन् ।

फोटोः डा. मतिप्रसाद ढकालको फेसबुकबाट

विहीवार सेवा लिन जानुभएका गैडाकोट १ का डा. मतिप्रसाद ढकालले तोक लगाउनैका लागि लामो लाइनमा वस्नुपर्ने र एउटा हस्ताक्षर गर्न समेत डेढघन्टा झुलाएको बताउनुभयो । नेपाल संस्कृत विश्वविद्यालय कालिका संस्कृत विद्यापीठको सहप्राध्यापक समेत रहनु भएका ढकालले आफ्नो असन्तुष्टी सहित सामाजिक संञ्जाल मार्फत सेवा प्रवाहलाई चुस्तदुरुस्त वनाउन माग गर्नुभएको छ । गाउँ गाउँमा सिंहदरबार र भोलिवाद होइन, गाउँ गाउँमा सरकार र आजवाद आउनुर्पयो भन्दै ज्येष्ठ नागरिकहरुलाई समेत २, ३ घन्टा लाइनमा उभ्याएर पनि सेवा नदिने र भोलि आउनुहोस् भन्ने गरेको भन्दै सम्वन्धीत निकायले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यालय प्रमुख सहित अधिकाँश कर्मचारीले राजीनामा गरेपछि अहिले कर्मचारीको अभाव छ ।

भएका कर्मचारीले पनि आफ्नो भूमिका र समय पालना नगर्दा झनै समस्या भएको उहाँले बताउनुभयो । जग्गा रोक्काको काम तीन बजेपछि हुँदैन भनी सूचना टाँसेको र दुई बजे खाजा खाना गएका कर्मचारी सवा तीन बजेसम्म पनि नआउने अनि लाईनमा कुरेर वसेका सेवाग्राहीलाई भोलि आउनुस भन्दै फर्काएको उहाँको भनाई छ ।

देशमा दुईतिहाइको सरकार भएको तर सहज सेवा पाउनुको सट्टा दुईतिहाइ दुःख थपिएको थपियै गरेको गुनासो गर्नुभयो । पाँच पाँच घण्टासम्म लाईनमा बसेर सेवा लिनुपरेको भन्दै कार्यालय वरपर रहेका लेखनदासले पनि सेवाग्राहीसँग चर्को शुल्क लिने गरेको उहाँको गुनासो छ । यता प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले आफुले सम्वन्धित ठाउँमा कार्यालय प्रमुखका लागि पहल गरिरहेको र अहिले जिल्ला वाहिर रहेका कारण पछि थप जानकारी दिने बताउनुभयो । सेवाग्राहीको गुनासा सम्वोधनमा आफू सक्रिय रहेपनि अहिले कर्मचारी अभावले समस्या झन् बढेको बताउनुभयो ।

Share.

Leave A Reply