मुग्लिङको बाटो अव वन्द नहुने, आजबाट पुरै समय खुलाइयो

0

 पुस  २४ अनिता रानाभाट। दैनिक ४ घण्टा वन्द गराइदै आएको नारायणघाट मुग्लिङ सडकखण्ड अवबाट भने चौविसै घण्टा सुचारु ह्ुने भएको छ । गत मंसिर २७ गतदेखि प्रत्येक दिन विहान ११ बजेदेखि ३ बजेसम्म बन्द गरिएको सडक खण्ड आजबाटै खुला गरिएको हो । अन्तिम पटक आजसम्मलाई म्याद थप गरिएपनि मौसमको प्रतिकुलताका कारण काम पूर्ण सम्पन्न भने नभएको सूचना अधिकारी इन्जीनियर शिव खनालले जानकारी दिुनभयो । अव यसरी घण्टौँ रोकेर भन्दा आवश्यकता अनुसार केही समय रोकी वाँकी काम सकाउने उहाँको भनाई छ । आठ ठाँउमा पहिरो रोकथामको काम भइरहेको हो । भित्तामा कमजोर स्थानमा अड्कीएका ढुँगाहरु हटाउँने र पहिरो रोक्न जाली हालिएको हो । खनालले भन्नुभयो,“बचेकुचेका केही सामन्य कार्यहरु आगामी दिनमा थोरै थोरै समयको अन्तरालमा सवारी साधनलाई रोक्दै ट्राफिक ब्यवस्थापन मिलाउँदै कार्य गरिने छ । यो सँगै दैनिक ४ घण्टा सवारी साधन रोकेर काम गर्ने सिलसिलाई आजैदेखि रोकिएको छ । यो कार्यलाई सफल तुल्याउन सहयोह गरि दिनभरिको जाम सहिदिने यात्रुजनहरु, सर्वसाधारण, स्थानीय प्रशासन, स्थानीय प्रहरीरट्राफिक प्रहरी, सन्चारकर्मीहरु, सडक बिभाग, निर्माण व्यवसायी, परामर्शदाता तथा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनुहुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछु ।”
उहाँका अनुसार यो कार्यपछि आगामी वर्षदेखि मुग्लिङ नारायणघाट सडकमा बर्षातको समयमा पनि कमै पहिरो झर्ने र झरेको पहिरोले सडकलाई कमै प्रभावित पार्ने बताउनुभयो ।

Share.

Leave A Reply