होमस्टे संचालनका लागि गण्डकी प्रदेश सरकारद्धारा प्रस्ताव आह्वान

0

डोलराज रानाभाट, २२ पुस । नवलपुर जिल्लामा होमस्टे संचालन गर्ने भए प्रस्ताव पेश गर्न सकिने भएको छ । गण्डकी प्रदेश भरका ११ जिल्लालाई सामुदायिक होमस्टे संचालन गर्न प्रस्ताव पेश गर्न आह्वान गर्दै हिजो सुचना निकालिएको हो । प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश सरकार पोखरा नेपालले होमस्टे परियोजना प्रस्ताव आह्वान गर्दै पहिले स्थापना भइ संचालन भइरहेका र नयाँ स्थापना हुन चाहेका सामुदायिक होमस्टेहरुले प्रस्ताव दर्ता गराउन सक्ने छन् । प्रथम पटक यहि पुस २१ गते प्रकाशित सूचनाको ३० दिनभित्र तोकिएको ढाँचामा प्रस्ताव पेश गर्न भनेको हो । मन्त्रालयको वेवसाइट धधध।mयष्ताभ।नबलमबपष्,नयख,लउ वा ०६१ ४६८०५७ मा सम्पर्क गरि थप वुझ्न सकिने गरी व्यवस्था मिलाइएको छ । मन्त्रालयको औद्योगिक तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरी कार्यक्रम सुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ । विभिन्न जिल्लामा होमस्टे संचालन गर्ने भनी गण्डकी प्रदेश सरकारले आव २०७६÷०७७ को वार्षिक स्वीकृत बजेट कार्यक्रम अनुसार कार्यक्रम अघि बढाएको हो । स्थापना भएका र स्थापना गर्न चाहाने होमस्टे संचालकले होमस्टे सशक्तिकरण क्षमता अभिवृद्धि र पूर्वाधार निर्माण कार्यक्रममा रहेर कार्यक्रम गर्नुपर्ने हुन्छ भने होमस्टे क्षमता अभिवृद्धि सशक्तिकरण तथा पूर्वाधार विकास कार्य संचालन कार्यविधि २०७६ र होमस्टे संञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६ को पालना गर्नुपर्ने हुन्छ भने प्रदेश सरकारबाट जारी होमस्टे संचालन कार्यविधि २०७५ को पूर्ण कार्यान्वयन गरिएको हुनुपर्नेछ ।

Share.

Leave A Reply