सावाधान !!! जवरजस्ती रंग दले, लोला हाने प्रहरीको फन्दामा परिएला

0

गैँडाकोट, २९ फागुन ।
के तपाई आज र भोली साथीभाई, आफन्त अथावा अपिरिचितलाई जबरजस्ती रंग दलीदिने, लोला हानीदिने, टाउकोमा अण्डा फुटाउने सोचमा हुनुहुन्छ ? विचार पु¥याउनुहोस् प्रहरीको फन्दामा परिएला !!

रंगैरंगको पर्व होलीको अवसरमा अप्रिय घटना हुन नदिन ईलाका प्रहरी कार्यालय गैँडाकोटले सुरक्षा व्यवस्था चुस्त दुरुस्त पारेको जनाएको छ । होलीको रमाईलो गर्ने क्रममा कुनै अप्रिय घटना हुन नदिन गैँडाकोट क्षेत्रका मुख्य चोकहरुमा प्रहरी टोली परिचालन गरीएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरिक्षक सुवास हमालले बताउनुभयो ।

जथाभावी लोला हान्ने रंग दल्ने, मादक पर्दाथ सेवन गर्ने तथा होहल्ला गर्ने, सवारीसाधन जथााभावी हाँक्ने तथा ट्राफिक नियमको उलंघन गरी चलाउने, मोटरसाईकलमा क्षमताभन्दा बढी चढ्ने हरुलाई कानुन अनुसार नियन्त्रणमा लिएर कारबाही गरीने हमालले बताउनुभयो ।

सामुहीक रुपमा सद्भाव, आत्मीयता बढाउने खालको गतिबिधी गर्न प्रहरीले आग्रह गरेको छ । नवलपरासीको गैँडाकोाट क्षेत्रमा आईतबार र सोमबार दुवै दिन होली मनाईने हुँदा दुवै दिन सुरक्षा व्यवस्थालाई कडा पारिनेछ ।

Share.

Leave A Reply