काँग्रेसको विवादः जिल्ला सभापतिहरुको परामर्शनै आगामी वाटो ः नेता थानी

0

file photo

डोलराज रानाभाट, २१ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले जिल्ला सभापतिहरुको परामर्श अनुसार आगामी वाटो तय गर्ने बताउनुभएको छ । आज ७७ वटै जिल्ला सभापतिहरुलाई बोलाएको र उहाँहरुको परामर्श अनुसार सभापति शेर वहादुर देउवाले वहुमतका आधारमा गरिएको निर्णयलाई स्वीकार गर्ने की नयाँ वाटो अपनाउने आज टुंगो लाग्ने बताउनुभयो । विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता थानीले सभापतिजीले पटक पटकको आग्रहलाई अस्वीकार गरेपछि जिल्ला सभापतिहरुको परामर्श लिन वोलाइएको बताउनु भयो ।

काँग्रेसका केन्द्रीय सदस्य हृदयराम थानी

भेला नभई परामर्श लिन भन्न रुचाउने थानीले सभापतिले नियमसंगत ढंगबाट अघि नवढेपछि समस्या सृजना भएको बताउँदै एकलौटी ढंगबाट अर्को वर्षको फागुनमा पुर्याएर कार्यतालिका ल्याउनु, तरुण दलको म्याद थप्नु, विभाग थप्नु सवै काुनन विपरीत भएको र यी नसच्चाएसम्म विरोध जारी रहने बताउनुभयो । यद्यपी सभापति देउवाबाट कार्यतालिका यथावत राखी अन्य कुराहरु सुधार गर्ने गरी छलफल भए सोच्न सकिने बताउनुभयो ।

डा. शेखर कोइरालालाई आगामी सभापति वनाउन तपाईहरुको सक्रियता हो भन्ने प्रश्नमा थानीले अहिले सभापतिको कुरा कसरी आयो भन्दै सभापति को हो भन्नेमा अहिले वहस नै नभएको बताउनुभयो । अहिलेको एक मात्र मुद्दा भनेकै सहमति र सहकार्यमा निर्णय गर्दै एकताको महाधिवेशन गराउने नै मुख्य रहेको बताउनुभयो । नियम र नीति संगत नेतृत्व चल्नुपर्छ भन्नेनै अहिलेको माग भएको उहाँको भनाई थियो ।

Share.

Leave A Reply