विकूको अध्यक्षमा ओमप्रसाद सापकोटा चयन

0

माया कंडेल, गैंडाकोट ।

विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा ओमप्रसाद सापकोटा चयन हुनुभएको छ । ३० आँै साधारणसभा तथा १० औं अधिवेशनबाट अध्यक्षमा सापकोटा चयन हुनुभएको हो । नवनिर्वाचित अध्यक्षले विकू निति, विधि, प्रविधिको सहायतामा सदस्य उन्मुख कार्यक्रम अघि बढाउने योजनाका साथ अघि बढ्ने बताउनुभयो ।


विकू सञ्चालक समितिको उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा प्रेमप्रसाद सापकोटा (राजु), कोषाध्यक्षमा कालिदास गौडेल, सहसचिवमा माया कंडेल, यस्तै सदस्यहरुमा इन्द्रराज ज्योती पौडेल, पुष्पराज बराल, संगिता अधिकारी, सविना महतो, खडगबहादुर कमाल, नन्दकिशोर आचार्य, प्रतिभा अर्याल सुबेदी, गोबिन्द कंडेल, लक्ष्मण पौडेल र निर्मला रेग्मी अधिकारी चयन हुनुभएको छ ।
यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा कमल सुवेदी, सदस्यहरुमा दिलमाया श्रेष्ठ र देवेन्द्र राना चयन हुनुभएको निर्वाचन समितिका संयोजक खेमराज सापकोटाले जानकारी दिनुभयो ।

शनिबार नै नयाँ सञ्चालक समितिले शपथ ग्रहण गरेको छ । सोही कार्यक्रमका बीच पद हस्तान्तरण कार्यक्रम पनि सम्पन्न भएको थियो ।

सोही कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष निवर्तमान अध्यक्ष केशवप्रसाद सापकोटाले ३ बर्षे कार्यकालमा सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिँदै विकूको वेस्ट एण्ड बिगेष्टको अवधारणमा अगाडी बढ्न सके र जगेडा कोष स्थापना गर्न सके विकूको शान उचो हुने बताउनुभयो ।

शनिबार नै ३० औँ वार्षिक साधारण सभामा प्रस्तुत प्रस्तावहरुको निर्णय पुस्तिका प्रमाणित कार्यक्रम सम्पन्न भएको छ ।

Share.

Leave A Reply