सबै जनतालाई सुरक्षित घरमा राख्छौँ ः मन्त्री अर्याल   

0

स्याङ्जा, १९ पुस (रासस) ः    भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले सबै जनतालाई सुरक्षित घरमा राख्ने बताउनुभएको छ ।
सुरक्षित जनता आवास कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले खरका छाना विस्थापित गरेर जनतालाई जस्तापाता लगाइएको सुरक्षित घरमा राख्ने अभियानमा सरकार लागेको जानकारी दिनुभयो ।

मन्त्री अर्यालले भन्नुभयो, “सरकार सन् २०३० सम्म गरिबी निर्मूल पार्ने अभियानमा लागेको छ । यसैको थालनी स्वरुप सुरक्षित जनता आवास कार्यक्रम कार्यान्वयनमा आएको हो ।”
जिल्लाको वालिङ, गल्याङ, चापाकोट, भीरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिका पाँच पालिकाका २५० खरका छाना विस्थापित गरेर जस्तापाला लगाइने जनाइएको छ ।

Share.

Leave A Reply