आज फागु पुर्णिमा, विजयको होलीउत्सव भोली, गैँडाकोटमा मुख्य चोकहरुमा प्रहरी परिचालन ।

0

गैँडाकोट, २९ फागुन ।
आज फागु पुर्णिमा, अर्थात रंगैरंगको पर्व होली, विशेष हर्षोल्लासका साथ मनाईदैछ होलि पर्व दुई दिन मनाउने परम्पराअनुसार आज पहाडी क्षेत्रमा विशेष रौनक हुनेछ । होलीका अवसरमा चितवन नवलपरासीमा आज र भोली दुवै दिन उत्तीकै रौनकताका साथ कार्यक्रमहरु आयोजना गरीएका छन् । होली पर्वका अवसरमा भोली सामुदायीक रेडियो विजय एफएमले सदाका बर्षझै होली उत्सव आयोजना गरेको छ । कार्यालय परिसरमा आयोजना गरीएको कार्यक्रम साहित्य र श्रष्टाको सम्मानमा कलममा रंग बिशेष कार्यक्रम आयोजना गरीएको रेडियोका स्टेशन म्यानेजर ध्रुव पौडेलले जानकारी दिनुभयो । कला र सर्जकको सम्मानका लागी आयोजना गरीएको कार्यक्रममा वरिष्ठ साहित्यकारहरुको उपस्थितीमा रचना बाचन कार्यक्रम हुने रेडियोले जनाएको छ । साथै ईच्छुक साहित्यप्रेमीले कार्यक्रममा आफ्नो रचना सुनाउन सक्नेछन् ।
फागुपुर्णीमाको अवसरमा सामुदायीक रेडियो विजय एफएमले सबैमा शुभकामना व्यक्त गरेको छ । रेडियोका अध्यक्ष गोपिनाथ खरेलले आज विहान सन्देश जारी गर्दै रंगैरंगको पर्वले सम्पुर्ण नेपालीमा खुसीको रंग भरोस भनी कामना गर्नुभएको छ । राष्ट्रियताको संरक्षण र संबिधान कार्यान्वयनका लागी राष्ट्रिय एकता कायम गर्न होली पर्वले उर्जा थप्नेछ, सन्देशमा भनीएको छ । अध्यक्ष खरेलले सन्देशमार्फत होलिका अवसरमा अनावश्यक रंग लगाउने तथा सामाजीक सद्भाव विथोलीने गरी जथाभावी लोला हान्ने, तथा स्वास्थ्यमा हानी पु¥याउने खालको गतीबिधी नर्गन आग्रह गर्नुभएको छ ।
यता, ईलाका प्रहरी कार्यालय गैँडाकोटले होलीका अवसरमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त पारिएको जनाएको छ । होलीको रमाईलो गर्ने क्रममा कुनै अप्रिय घटना हुन नदिन गैँडाकोट क्षेत्रका मुख्य चोकहरुमा प्रहरी टोली परिचालन गरीएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरिक्षक सुवास हमालले बताउनुभयो । जथाभावी लोला हान्ने रंग दल्ने, मादक पर्दाथ सेवन गर्ने तथा होहल्ला गर्ने, सवारीसाधन जथााभावी हाँक्ने तथा ट्राफिक नियमको उलंघन गरी चलाउने, मोटरसाईकलमा क्षमताभन्दा बढी चढ्ने हरुलाई कानुन अनुसार नियन्त्रणमा लिएर कारबाही गरीने हमालले बताउनुभयो । सामुहीक रुपमा सद्भाव, आत्मीयता बढाउने खालको गतिबिधी गर्न प्रहरीले आग्रह गरेको छ ।
यसैबिच नारायणी नदी किनारमा जारी गैँडाकोट सास्कृतीक तथा व्यापारिक मेलामा आज होेली विशेष कार्यक्रम आयोजना गरीएको छ । लियो क्लव अफ गैँडाकोट मौलाकालीकाको आयोजना तथा उद्योग वाणीज्य संघ गैँडकोटको प्रबद्र्धनमा फागुन २० गतेदेखी जारी मेलामा आज डिजे सहितको होली विशेष कार्यक्रम हुने लियो क्लव अफ गैँडाकोट मौलाकालीकाले जनाएको छ । चैत्र १ गते सम्म चल्ले मेलाबाट भएको आम्दानीबाट एम्बुलेन्स खरिद, नारायणी नदी किनारको बाटो उच्चस्तरीय ग्राभेल लगायतको सामाजीक काममा खर्च गरीने आयोजक क्लवका अध्यक्ष प्रकाश सापकोटाले बताउनुभयो ।

तश्विरमा गत बर्षको होली उत्सव

12814555_1025581607513658_7460113620739444480_n 12809742_1025581950846957_2988099887424751710_n 12794592_1025581994180286_737839326309390042_n 12794359_1025638404174645_3718326567235843475_n 12321340_1025581454180340_421560148366764373_n 12400661_1025478110857341_6702716433000625098_n 12512383_1025581694180316_1374643164977068768_n 12274372_1025461500859002_6600046808161840395_n 11032384_1025582270846925_5967590839145459313_n 10294456_1025581800846972_9207766527495078642_n 1918956_1025478250857327_4955297970041941555_n 11665365_1025477607524058_6743762040884558326_n 10389688_1025477880857364_225014817357892212_n 12063720_1025478454190640_5502160277519251522_n 12108867_1025581434180342_4988239832991242716_n 12109182_1025582020846950_5199048459096636675_n 10410517_1025478394190646_6439656163513766454_n 10405240_1025478300857322_1178847537423817708_n 1914713_1025582304180255_9132095890577231180_n 1554485_1025478537523965_1201933749314646369_n 225681_1025582220846930_2872107763333375179_n 1517611_1025478494190636_3503326046146661045_n 1469762_1025478160857336_7164433554245564634_n 1235499_1025582150846937_3817308559207333636_n 12122491_1025581897513629_8241652362938012317_n

Share.

Leave A Reply