१३६ औं लेखनाथ जयन्तीको अवसरमा स्रष्टा सम्मान

0

गोविन्द रिमाल, ११ पुस । १३६औं लेखनाथ जयन्तीको अवसरमा चितवन साहित्य परिषद्ले कृष्णकृष्णा पुरस्कार चितवनका दुई स्रष्टालाई लघुकथा विधामा कलम चलाएवापत समर्पण गरेको छ ।


चितवन साहित्य परिषद्को सभा हलमा आयोजित कार्यक्रममा प्रा.डा. चूडामणि बन्धु प्रमुख अतिथि रहनुभएको थियो । उहाँले नेपाली कवितामा शास्त्रीय मान्यतालाई जोगाइराख्ने कविका रुपमा शिरोमणि लेखनाथ पौड्यालले स्थान लिनुभएको बताउँदै स्वच्छन्दतावादी काव्यधारालाई डो¥याउने पौडेलका चर्चित तरुण तपसी, ऋतुविचार काव्यकृतिहरु रहेका जानकारी दिनुभयो ।

कार्यक्रममा स्रष्टा गणेश श्रमणले लेख्नु भएको गुलियो काठमाण्डौ र लक्ष्मण अर्यालको औंला कृतिलाई पुरस्कृत एवम् स्रष्टा सम्मान गरिएको हो । कृतिकारका रचनामाथि समीक्षक चेतराज रेग्मीले टिप्पणी प्रस्तुत गर्नुभएको थियो । उहाँले .दुवैजना स्रष्टाका कृतिहरु उत्कृष्ट रहेको बताउनुभयो । कार्यक्रममा सो पुरस्कार राशि समर्पण गर्नुहुने अक्षयकोष दाता कृष्ण र कृष्णा पौडेलले मन्तव्य राख्दै पुरस्कार राशिमा वृद्धि होस् भनी एकलाख पचास हजारको कोषमा थप एकलाख एकसय एघार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा सम्मानित स्रष्टा गणेश श्रमणले मन्तव्य राख्दै आभार प्रकट गर्नुभयो ।

वि.स. २०५० देखि कविता र लघुकथा विधामा कलम चलाउँदै आएको र यस्ता सम्मान कार्यक्रमले हौसला बढेको बताउँदै साहित्यिक कार्यक्रमको भिडभाडमा अल्झेर लेखन कार्यलाई कसैले पनि बिर्सन नहुने तर्क प्रस्तुत गर्नुभयो । अर्का सम्मानित स्रष्टा लक्ष्मण अर्यालले आफूलाई थप हौसला मिलेको बताउनुभयो । कार्यक्रममा लेखनाथ पौड्यालको सम्झनामा कविता पाठ गरिएको थियो । साहित्यकार केदारनाथ खनालको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा पदम अर्यालको सहजीकरण रहेको थियो । चितवन, नवलपुर र यस आसपासका साहित्यप्रेमीहरुको सहभागिता रहेको सो कार्यक्रममा चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा सम्पन्न भएको हो ।

Share.

Leave A Reply