सकियो खण्डग्रास सूर्यग्रहण, गैडाकोटमा यस्तो देखियो (फोटो फिचर )

0

गैडाकोट, १० पुस ।
खण्डग्रास सूर्यग्रहण सकिएको छ । नेपाल पञ्चाङग निर्णायक समितिका अनुसार ग्रहण अघि विहान ८ बजेर ४२ मिनेटदेखि सुरु भएर ११ बजेर ३१ मिनेटमा सकिएको हो ।

ग्रहणले बिहान ८ः४२ मा स्पर्श गरेको नेपाल पञ्चाङग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण सुरु भएको थियो । बिहान १०ः०१ बजे मध्य ग्रहण ११ः३१ बजे समाप्त भएको हो ।


यता गैंडाकोट नगरपालिकामा रहेका विद्यालयमा स्थानीय बिदा दिईएको छ । गैंडाकोट नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु भोली एक दिनका लागि स्थानीय विदा दिईएको शिक्षा शाखा अधिकृत मोतिप्रसाद रिजालले जानकारी दिनुभयो । हिउँदे वा वर्षे विदाबाट कट्टी हुनेगरि स्थानिय विदा दिईएको उहाँले जानकारी दिनुभयो ।

 फोटो फिचर संयोज रेग्मी विजय एफएम

Share.

Leave A Reply