लियो क्लव अफ भरतपुरको आयोजनामा भोलि निशुल्क स्वास्थ्य शिविर

0

file photo

गैडाकोट,४ पुस । लियो क्लव अफ भरतपुरको आयोजनमाा भोलि निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । सामाजिक कार्यमा सक्रिय रहदै आएको क्लवले सप्तगण्डकी अस्पताल प्रा. लि.को प्राबिधिक सहयोगमा भरतपुर महानगरपालिका बडा नम्बर २९ को चौकी डाँडामा शिविरको आयोजना गरेको हो । शिविरमा वरिष्ठ प्रशुती तथा स्त्री रोग बिशेषज्ञ,नाक,कान घाँटी तथा क्यान्सररोग बिशेषज्ञ, जनरल फिजिसियन साथै अन्य मेडिकल अधिकृतहरुले सेवा प्रदान गर्ने अध्यक्ष रविन्द्र शर्माले जानकारी दिनुभयो । भोलि बिहान १० बजे बाट दिउसो ३ बजे सम्म संचालन हुने शिविरमा भरतपुर २९ को बडा कार्यालय तथा लियो क्लब अफ देवघाटको सहकार्य रहने सचिव शिला न्यौपानेले जानकारी दिनुभयो ।

Share.

Leave A Reply