अव मोवाइलबाटै पत्रकारिता, महासंघ चितवनको आयोजनामा संचालित तालिमको समापन

0

डोलराज रानाभाट, गैडाकोट, २८ मंसिर ।  नेपाल पत्रकार महासंघ चितवनको आयोजनामा भएको दुइदिने मोवाइल जर्नालिज्म (मोजो) तालिमको आज समापन गरिएको छ । जिल्लाका ३२ पत्रकारहरुको सहभागिता रहेको तािलममा एन्ड्रोइड मोवाइलको प्रयोगबाट पत्रकारिताका अधिकाँश कार्यहरु गर्न सकिने गरी प्रशिक्षक रामु सापकोटाले तालिम दिनुभएको थियो । खोज पत्रकारिता केन्द्र र हिमाल साप्ताहिकमा कार्यरत सापकोटाले मोवाइल जर्नालिज्मको प्रयोग विश्वभर वढ्दै गएको र सूचना संकलन र प्रसारणमा यसको ठूलो भूमिका रहेको बताउनुभयो ।
प्रविधिको विकाससँगै यसको व्यवहारिक प्रयोगमा जोड दिदै तालिम संचालन गरिएको महासंघ चितवनका अध्यक्ष राधेश्याम खतीवडाले जानकारी दिनुभयो । पत्रकार महासंघले यो वर्ष तालिम वर्षको रुपमा घोषणा गरेको र व्यक्तिलाई सिकाउने भरपर्दो माध्यमनै तालिम भएका कारण आफूहरुकै आन्तरिक व्यवस्थापनमा मोजो तालिम आयोजना गरेको बताउनुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष खतीवडाले आजको १५ दिनभित्र मोवाइलबाट उत्कृष्ट भिडियो रिपोर्ट निर्माण गर्ने पत्रकारलाई नगद पुरस्कारको पनि घोषणा गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले महासंघले समसामयीक विषयमा तालिम प्रदान गरेको र एन्ड्रोइड मोवाइलका ७० प्रतिशत सुविधा प्रयोगमा नआएको भन्दै यसैको वहुउपयोगितालाई पत्रकारितामा प्रयोग गर्न सुझाव दिनुभयो । साथै जिल्लामा पत्रकारहरु लागि कुनै सुरक्षाको चूनौति नरहेको र कतैवाट धम्की आए तुरुन्त आफूलाई खवर गर्न पनि आग्रह गर्नुभयो । जिल्लाको शान्ति सुरक्षा मजवुद राख्नु आफ्नो उद्देश्य भएको भन्दै ढुक्कले पत्रकारिता गर्न आग्रह गर्नुभयो। कार्यक्रममा नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले हातमा मोबाइल हुँदा पनि क्यामेरा कुरेर कति रिपोर्ट र सूचना समयमै दिन नभ्याएको विगत सम्झदै आगामी दिनमा तालिमले दिएका ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने बताउनुभयो । त्यस्तै प्रेस संगठनका केन्द्रीय सदस्य शालिकराम नेपालले आफूले सिकेका सीप अरुलाई वाँड्न आग्रह गर्दै समयको माग अनुसार पत्रकार पनि चल्नु पर्ने बताउनुभयो । मोजो तालिम पत्रकारितामा मात्रै नभई व्यक्तिगत कार्यका लागि पनि फलदायी रहेको बताउनुभयो । आफूले तालिममा हासिल गरेको ज्ञानलाई कम्तिमा दुई जनालाई सिकाउन सुझाव दिनुभयो। तालिमको समापन गर्दै उपाध्यक्ष शान्ता अधिकारीले चितवनको पत्रकारितामा मोवाइल पत्रकारिताले थप आयाम थपेको बताउनुभयो । कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट विवेक पोखरेल र मोनिका विकले बोल्नुभएको थियो । मोबाइलबाट व्यवसायीक भिडियो कसरी खिच्ने र बनाउने साथै फोटो खिच्ने विभिन्न तरिकाहरुका बारेमा व्यवहारिक अभ्यास गराइएको तालिममा सहभागिलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

Share.

Leave A Reply