रत्ननगर २ टाँडीमा यात्रु बस पल्टियो, घाइतेहरुको उपचार जारी

0

डोलराज रानाभाट, गैडाकोट, २७ मंसिर । चितवन रत्ननगर नगरपालिका २ टाँडी स्थित राजमार्गमा बारा बाट काठमाण्डौ तर्फ आउदै गरेको ना ७ ख ४७५५ नम्बरको बस आँफै अनियन्त्रित भई पल्टिदा न जाँदा उक्त बसमा सवार धेरै घाइते भएका छन् । पुरानो मेडीकल कलेज भरतपुरमा उपचार भैरहेका घाईतेहरुमा बारा कलैया २ बस्ने बर्ष ३५ का गौरीशंकर यादब,सोही ठाउँको २१ मा बस्ने बर्ष २४ का रामबाबु यादब,गडीमाई न.पा. १ बस्ने बर्ष ४४का मनोज शाह,भारत मोतिहारी बस्ने बर्ष १८ का खुसीलाल यादव रहनुभएको छ । उहाँहरुको अवस्था मध्यम रहेको चितवनका डिएपी एक नारायण कोइरालाले जानकारी दिनुभएको छ । त्यस्तै टाँडी स्थित बकुल्लर सरकारी अस्पतालमा उपचार भईरहेका घाईतेहरुमा बारा महागढीमाई न.पा. ८ बस्ने बर्ष ३६ की चम्पादेवी ,सोही ठाउँ बस्ने बर्ष २०की मेनुकादेवी, बर्ष १२ की रिहाना खातुन, बर्ष ८ की काजल खातुन, बर्ष १३ को देवेन्द्र कु. यादव, बर्ष २५ को सचिम अंसारी, बर्ष २४ का नौसाद आलम, बर्ष २१ को नौरुद अंसारी, बर्ष १७ को प्रदिप कु. पटेल, बर्ष १४ को सुकट अंसारी ,बर्ष १७ को रुपेश कुमार,बर्ष १८ को सुवास यादव, बर्ष ४५ को सुनालाल, बर्ष २७ को सनिकुमार, सोही ठाउँका ३ बस्ने बर्ष ४३ को बिरेन्द्र साह, ९ मा बस्ने बर्ष १८ को मंजित कु. पटेल, मकवानपुर मनहरी ७ बस्ने बर्ष ३९ को सिहराज तामाङ, रौतहट बस्ने बर्ष २६ का क्षितिज तामाङ (सहचालक) को अवस्था समान्य रहेको छ । चालक हालसम्म सम्पर्कमा नआएको र खोजीकार्य जारी रहेको छ । ४२ यात्रु सवार रहेको बसमा बाँकि २० जना यात्रुहरु गन्तब्य तर्फ गएको र क्रेनको सहायताले गाडी सुरक्षित स्थानमा राखिएको कोइरालाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply