सुवेदी बन्धुको कुल पुजा र १५ औं साधारण सभा सम्पन्न

0

तिलक सुवेदी, २६ मंसिर, गैंडाकोट । भारद्वाज प्रतिष्ठान गैंडाकोटको आयोजनामा आज सुवेदी बन्धुको कुल पुजा र १५ औं साधारण सभा सम्पन्न भएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर १ नारायणी नदि किनारमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि सस्कृती गुरुकुलम देउघाटका प्राचार्य डा गुरुप्रसाद सुबेदीले कुल देवाताले सबैलाई मिल्न प्रेरणा दिने बताउनु भयो । बिहिवार सम्पन्न कार्यक्रममा जेष्ठ नागरिक , स्नातकोत्तर उतिर्ण बिद्यार्थी सबैलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको स्वागत मन्तव्य भारद्वाज प्रतिष्ठान गैंडाकोटका निबर्तवान अध्यक्ष रामचन्द्र सुवेदीले गर्नु भएको थियो । महासचिव गणेश सुबेदीले सहजीकरण गरेको कार्यक्रममा आर्थिक प्रतिबेदन दयासागर सुबेदीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा घरेलु साना उद्योग नवलपुरका प्रमुख बिक्रम सुवेदी , सल्लाहकार सदस्य करुणासागर सुवेदी , कमल सुवेदी सहमति अध्यक्ष होमनाथ सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply