पौडेल सेवा समाजको छैठौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मानन्द चयन

0

जगन्नाथ उपाध्याय, गैडाकोट, २६ मंसिर । पौडेल सेवा समाजको छैठौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । नयाँ गठिन समितिको अध्यक्षमा धर्मानन्द पौडेल, उपाध्यक्षमा केशवहरी पौडेल, सचिवमा गोविन्द प्रसाद पौडेल, कोषाध्यक्षमा मनोहरी पौडेल, सहसचिवमा कृष्णप्रसाद शर्मा पौडेल र सहकोषाध्यक्षमा शिव पौडेल चयन हुनुभएको छ । सदसयहरुमा जायश्वर पौडेल, बालकृष्ण पौडेल, गोविन्द प्रसाद पौडेल, बेदप्रसाद पौडेल, तुलसी शर्मा पौडेल, प्रेम कुमार शर्मा र रुपा पौडेल चयन हुनुभएको छ । त्यस्तै लालमणि पौडेलको संयोजकत्वमा लेखा तथा सुपरीवेक्षण समिति पनि गठन गरिएको छ । जसको सदस्यमा सूर्यकुमारी पौडेल र इन्दिरा शर्मा पौडेल रहनुभएको छ ।

साधारण सभाको प्रमुख अतिथि गैंडाकोट नगर प्रमुख छत्रराज पौडेल रहनुभएको थियो ।   पौडेल सेवा समाज गैंडाकोटले समाजमा भातृत्व र एकताको सन्देश दिएको उहाँले बताउनुभयो । सत्संग भवन निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै यसले पारिवारीक वातावरण बनाउन सहयोग पुग्ने बताउनुभयो । सचिव जगन्नाथ उपाध्यायले प्रगति प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन लक्ष्मीनारायण पौडेलले प्रस्तुत गर्नुभएको कार्यक्रम दण्डपाणि पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  जेहान्दार एवं एसइइमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान एवं पुरस्कार वितरण गरिएको थियो ।

Share.

Leave A Reply