नवलपुरमा झुठो विवरण पेश गर्दै दोहोरो नागरिकता लिने प्रयास, के थियो गैडाकोटको घटना ?

0

डोलराज रानाभाट, गैडाकोट, २५ मंसिर । दोहोरो नागरिकता लिन प्रयास गर्नेको संख्या नवलपुरमा बढ्न थालेको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीका अनुसार अहिले समम्म करिव ६ देखि ७ वटा त्यस्ता प्रयासहरु विफल बनाएको बताउनु भयो । पहिलेको नाममा अपराधिक गतिविधि गरेका, विदेश गएर फर्कदा कालो सूचीमा परेका व्यक्तिहरुले आफ्नो वडामा झुक्याएर सिफारिस बनाउने र नयाँ नाम र ठेगाना राखी नागरिकता लिन प्रयास गर्नेको संख्या बढेको भन्दै जनप्रतिनिधिहरुलाई सचेत हुन सुझाव दिनु भएको छ ।
बाग्लुङबाट बसाइसराई गरी गैडाकोटमा बस्दै आएका एक व्यक्तिले केही दिन अघि पनि दोहोरो नागरिकता लिन वडाबाट सिफारिस लिएर जिल्ला प्रशासन जाँदा उनको प्रयासलाई पनि विफल पार्न जिल्ला प्रशासन कार्यालय नवलपुर सफल भएको प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतमले जानकारी दिनुभयो । व्यक्तिको सवै विवरण केलाउदा कुनै छल कपट भन्दा पनि जनचेतनाको कमीले उक्त परियार थरको व्यक्तिले त्यसो गरेको बताउनु भयो । तर उनी वाहेक केही व्यक्ति जो विदेशी नागरिकता, रातो पासपोर्ट लिएका लगायतका व्यक्ति पनि नेपाल आएर जनप्रतिनिधिलाई झुक्याउने फकाउने गरेर सिफारिस बनाएको भन्दै वडा अध्यक्षहरु विशेष चनाखो वन्नुपर्नेमा उहाँको जोड छ । सिफारिस लिन आउने व्यक्तिलाई कम्तीमा केही प्रश्नहरु (क्रस प्रश्न) गरेर सोधपुछ पछि मात्रै सिफारिस दिन आग्रह गर्नुभएको छ ।

नागरिकता ऐन २०६३ लाई हलुका तरिकाले नबुझ्न आग्रह गर्दै दोहोरो नागरिकता लिनु गैर कानुनी भएको प्रष्ट पार्नुभयो । बसाइसराई आएपछि नयाँ स्थानको ठेगाना राख्न चाहाने, माइतबाट नागरिकता लिइसकेर नयाँ घर भएको स्थानको ठेगाना राख्न चाहानेहरु धेरै रहेको र उनीहरुलाई जनचेतना बढाउन आवश्यक रहेको बताउनुभयो । एक पटक नागरिकता लिइसकेपछि सोही प्रमाणनै जीवनभर प्रयोग गर्नुपर्ने अहिलेको कानुन भएकाले सोही अनुसारको जानकारी राख्न शर्मा गौतमले सवैलाई आग्रह पनि गर्नुभयो । अन्यथा कानुन बमोजिमको कारवाही हुने भन्दै समयमै सचेत वन्न सुझाव दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतमका अनुसार गैडाकोट ४ मा बस्दै आएका परियार थरका एक व्यक्तिले विस २०५६ सालमा जन्म मिति राखेर नागरिकता लिन गए । वडा अध्यक्ष कृष्ण न्यौपानेले पनि झुठो विवरण पेश गरेको त्यती वेला थाहा पाउनुभयो जतिवेला जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृतले ती परियारलाई क्रस प्रश्न गर्नुभयो र भन्नुभयो बाग्लुङकै नागरिकता भएपनि तपाईलाई केही फरक पर्दैन त्यही प्रयोग गुर्नुहोस् । यसो भनी सुझाव दिँदा उनी केही आनाकानी गरेपनि अन्नतत बाग्लुगबाट लिएको नागरिकताको फोटोकपी मोबाइलमा देखाए र परियारले मोवाइलमा भएको पुरानो नागरिकता देखाएपछि प्रशासकिय अधिकृतले गहन अध्ययन गरी सवै विवरण परीक्षण गर्नुभयो र अन्तत उनीले दोहोरो नागरिकता लिन खोजेको पाइयो । त्यसपछि युवाको सवै सिफारिस त्यहि राखेर प्रशासन कार्यालयबाट फोन आएपछि वडाअध्यक्ष न्यौपानेलाई छटपटी बढ्यो । जनताको समस्या सुन्न आफूहरु आएको तर सवैलाई सहजै सेवा दिँदा केही स्वास्र्थी व्यक्ति पनि हुँदा रहेछन् । यसले ठूलो पाठ दिएको भन्दै वडा अध्यक्ष न्यौपानेले नागरिकता सिफारिसमा विशेष चनाखो हुनुपर्नेमा आफूले पनि वुझेको र अन्य साथीहरुलाई पनि भन्ने बताउनुभयो । साथै प्रशासनका कर्मचारीहरुलाई पनि उहाँले धन्यावद सहित आभार व्यक्त गर्नुभयो र भन्नुभयो धन्न कर्मचारीको सहयोगले रोक्न सकियो ।

Share.

Leave A Reply