भोलि सार्वजनिक विदा छैन ः गृह मन्त्रालय

0

२५ मंसिर । भोलि बिहीबार किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही ज्यापु दिवस धन्यपूर्णिमा पर्ने भएपनि नेपाल सरकारले सार्वजनिक विदा दिएको छैन । तर यी पर्व मनाउने समुदायका लागि भने भोलि सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक विदा जनाइएको छ । तर खासमा बिहीबार सरकारले सार्वजनिक विदा दिएको छैन ।

गृह मन्त्रालयले २०७५ चैतमै जारी गरेको नयाँ वर्षका विदासम्बन्धी सूचनामा यो दिन किरात समुदाय र नेवार समुदायलाई मात्र सार्वजनिक विदा हुने उल्लेख गरेको छ ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले भोलि विदा नरहेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार सूचना विभागले जारी गरेको क्यालेन्डरमा उल्लेखित विदाबाहेक अरु आधिकारिक नभएको बताउनुभयो ।

Share.

Leave A Reply