गैडाकोट ४ को कार्यवाहक अध्यक्षको जिम्मेवारी वडा सदस्य घिमिरेलाई

0

डोलराज रानाभाट, २५ मंसिर । नलपुरको गैडाकोट नगरपालिका वडानम्वर ४ का वडा सदस्य तेज प्रसाद घिमिरेलाई कार्यवाहक वडाअध्यक्षको जिम्मेवारी दिइएको छ । वडा अध्यक्ष कृष्ण प्रसाद न्यौपाने घरायसी कारण यही मंसिर २९ गते एक महिने अष्ट्रेलियाको यात्रामा जानुहुने भएपछि कार्यवाहको जिम्मेवारी घिमिरेलाई दिइएको हो । आज भएको स्वास्थ्य चौकी भवन शिलान्यास कार्यक्रममै वडाअध्यक्ष न्यौपानेले माइन्युट सहित चावि हस्तान्तरण गर्दै कानुनको दायरमा रहेर जनतालाई सेवा प्रदान गर्न सुझाव दिनुभयो ।

जनताको सेवामा निरन्तर खट्न आग्रह गर्दै गुनासो आउने ठाउँ नरहने गरी कार्यसम्पदान गर्न भन्नुभएको छ । कार्यवाहक जिम्मेवारी सम्हाल्दै घिमिरेले यात्रको शुभकामना दिँदै स्थानीय सरकार संचालन ऐनको परिधिभित्र रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै गुनासो आउन नदिने बताउनुभयो ।

Share.

Leave A Reply