माटोमा अम्लीयपन बढ्दो, कृषि उत्पादन घट्दै

0


पवित्रा पराजुली
गैंडाकोट । वर्षेनी कृषि उत्पादन घट्दै गएको कृषकहरुले बताएका छन् । बढ्दो रासायनिक मलको प्रयोग र माटोमा आएको खराबीले पनि उत्पादन घटेको उनीहरुको भनाइ छ । १५ वर्ष अघिजस्तो उत्पादन हुन छाडेको गैडाकोट ५ की कृषक दुर्गा लामिछानेले बताउनुभयो ।
बिग्रिएको माटो सुधार्न र गुणस्तर बचाउनु त्यति सजिलो कार्य होइन । रासायनिक मलको प्रयोग रोक्न सरकारी र गैरसरकारी प्रयासका बाबजुद बहुसंख्यक किसान अहिले पनि रासायनिक मल र विषादी प्रयोग गर्छन् । यसले गर्दा उत्पादनमा कमी आएको कृषि विज्ञहरुको समेत ठम्याइ छ । त्यसो त सरकारले रासायनिक मलमा अनुदान दिएर प्रोत्साहित गरेको लामिछाने बताउनुहुन्छ । लामिछाने भन्नुहुन्छ –“पहिला खेती किसान गर्दा धेरै राम्रो उत्पादन हुन्थ्यो, आजभोलि उत्पादन पनि राम्रो हुन्न खानेकुराको स्वाद पनि छैन । रासायनिक मलको प्रयोग धेरै हुनले खेती पनि राम्रो हुन छोड्यो ।”
सरकारले रासायनिक मलको विकल्प नदिएको पनि उहाँको भनाइ छ । जसले गर्दा माटोको उर्वरा शक्ति कम हुदै गएको उहाँको बुझाइ छ । उहाँले भन्नुभयो – “माटो सबै निर्जीव जस्तै भएको छ । बाली लगायो सानो बिरुवाबाट नै कुपोषित भएर आउँछ ।”
भरतपुर ८ प्रेमबस्तीका कृषक बृद्धिबहादुर सुनारले पहिले पहिले राम्रो हुने जग्गमा बिस्तारै तोरी हुनै छोडेको गुनासो गर्नुभयो । “अहिलेको माटो नै राम्रो छैन जति गरे पनि खेती राम्रो हँुदैन” उहाँले भन्नुभयो ।
अध्ययनअनुसार, दश वर्षअघि माटोमा अम्लीयपन ६३ प्रतिशत रहेकामा अहिले ६५ प्रतिशत पुगेको छ । अम्लीयपन बढ्दा प्रा∙ारिक पदार्थ घट्छ र उर्वराशक्ति पनि कमजोर हुन्छ । माटोमा अम्लीयपना बढ्दै गएपनि डराई हाल्नु नपर्ने वरिष्ठ माटो विज्ञ डाक्टर चन्द्र प्रसाद रिसाल बताउनुहुन्छ ।
उहाँले भन्नुभयो – “६३ देखि ६५ प्रतिशत माटोमा अम्लीयपन छ, यो हाम्रो लागी ठूलो समस्या हो तर माटोमा यति धेरै अम्लीयपना रहेछ खेती माटो बिग्रीसकेको रहेछ भन्ने होइन माटोमा अलि अलि अम्लीयपना पनि चाहिन्छ ।” कडा अम्लीयपनालाई सुधार गर्न प्रा∙गारिक मलको बढीभन्दा बढी प्रयोग गरेर पनि कम गर्न सकिने उहाँ बताउनुहुन्छ ।
नेपालको जम्मा भूभाग १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको छ । जसमध्ये ३ हजार ९१ वर्ग किलोमिटरमा खेती हुन्छ भने १ हजार ३० वर्ग किलोमिटर खेतीयोग्य माटो भए पनि खेती गरिएको छैन । खेती भइरहेको जमिनमा पनि माटोमा अम्लीयपन बढ्नाले कृषि उत्पादन घटेको कृषकहरुको गुनासो छ ।
माटोको अम्लीयपनाको अवस्था हेर्दा यो घटबढ भइरहेको देखिन्छ । २०५९÷६० सालामा ६३ प्रतिशत माटोमा अम्लीयपना रहेकामा ६३÷६४ मा भने माटोमा अम्लीयपना बढेर ६७ प्रतिशत पुगेको थियो । २०७३÷७४ मा भने माटोको अम्लीयपन घटेर ६० प्रतिशतमा झरेको छ तर कृषि उत्पादन बढाउन भने माटो संरक्षण गर्न अति आवश्यक रहेको माटो विज्ञ डाक्टर रिसालको भनाइ छ ।
तत्काल बढी उत्पादन लिने लोभले रासायनिक मल र विषादी अत्यधिक प्रयोग गर्दा माटोका प्रमुख खाद्य तŒवहरूमा नकारात्मक असर पार्दछ । प्रा∙ारिक स्रोत घट्नु र अम्लीयपन बढ्नुको कारण पनि त्यही हो । माटोको उर्वरा शक्ति जोगाउनतर्फ आजै बाट नलागेमा कृषिबाट हुने आम्दानी भने दिन प्रतिदिन घट्ने वरिष्ठ माटो विज्ञ डाक्टर चन्द्रप्रसाद रिसाल बताउनुहुन्छ ।
कृषि उत्पादन बढाउन स्थानीयस्तरमा तयार गर्न सकिने गँड्यौला मल, पिसाब मल, घरको फोहोरबाट बनाउन सकिने कम्पोस्ट मलको प्रयोग आवश्यक रहेको उहाँ बताउनुहुन्छ । प्रा∙ारिक मलमा प्रोत्साहन र उर्वरा शक्तिको दिगो व्यवस्थापन गर्दा मात्र माटो सुरक्षित हुने उहाँको तर्क छ ।

Share.

Leave A Reply