चितवन मेडिकल कलेजका विद्यार्थीको मुखमा कालोपट्टी, माफियासँग सरकार झुकेको आरोप

0

डोलराज रानाभाट, २२ मंसिर । अवैध शुल्क फिर्ताको माग गर्दै निरन्रत आन्दोलन गरिरहेका चितवन मेडिकल कलेजका विद्यार्थीले आज मुखमा कालो पट्टी वाँधेर विरोध जनाएका छन् । मेडिकल माफियाहरुले लिएको अवैध शुल्कको प्रमाण सहित पटक पटक सरकारको ध्यानकर्षण गराएपनि नसुनेपछि साँकेतिक विरोध गरेको आन्दोलित चिकित्सा विद्यार्थी कला अधिकारीले बताउनुभयो । कलेजको गेट अगाडी व्यानर सहित मुखमा कालो पट्टी वाँधेर धर्ना बसेका उनीहरुले कोण सभा गरेर समापन गरेका थिए । आफ्नो मागका विषयमा कलेज प्रशासनसँग भेट्न अस्पताल छिरेका विद्यार्थीहरुलाई प्रहरीले रोकेको भन्दै उनीहरुले विरोध गरे । जसको ध्यानाकर्षण गराउन आन्दोलन गरिएको हो उनीहरुलाई भेट्न खोज्दा प्रहरीले रोकेको भन्दै आक्रोश पोखेका थिए । आदोन्लमा रहनुभएकी कलाले मेडिकल माफियासँग सरकार डराएको र दुई वटा तह वाहेक अन्य तहमा लिएको अवैध शुल्कमा सरकार मौन वसेको भन्दै आफूहरुको माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

Share.

Leave A Reply