भरतपुर २७ का २६ वर्षीय युवाको हत्या गरि सव गाड्ने ४ जनालाई सार्वजनिक

0

डोलराज रानाभाट, २२ मंसिर । गत मंसिर १२ गते भरतपुर २७ पर्साढाप अन्जना घोलका २६ वर्षीय अविनाश महतोको हत्या गरि सव गाड्ने ४ आरोपितलाई जिल्ला प्रहरी कार्यालय चितवनले आज सार्वजनिक गरेको छ । हत्या गरेर महतोको शव गाडीएको अवस्थामा फेला परेको थियो । कार्यालय परिसरमा आज पत्रकार सम्मेलन गरि हत्याराहरु पर्साढाप बस्ने २६ वर्षीय दिपेन्द्र महत्तो, २७ वर्षीय कुमार महत्तो, २५ वर्षीय बिनोद कुमार महत्तो र २० वर्षीय बिजय महत्तो रहेका छन् ।

प्रहरी प्रमुख एसपी दान वहादुर मल्लका अनुसार गत मंसिर १२ गते राति करिब ९—१० बजेको बिचमा महत्तोको हत्या भएको हो । हत्या गरेको आरोपमा प्रहरीले मंसिर २१ गते ४ आरोपितहरुलाई पक्राउ गरि अनुसन्धान थालेको भएपनि गत शुक्रवार मात्रै हत्या गरेको स्वीकार गरेपछि आज सार्वजनिक गरिएको हो । घटना १२ मंसिरको भएपनि आफन्तले १३ गते चितवन प्रहरीमा हराएको भनी उजुरी दिएपछि खोजतलास सुरु गरिएको थियो । पछि स्थानीयले शव गाडीएको अवस्थामा देखेर खवर गरेपछि शवको पोष्टमार्टम गरी अनुसन्धात तिव्र पार्दै गर्दा ४ जनालाई पक्राउ गरिएको हो । सुरुवातमा स्थानीयले दिएको सूचना गलत भएका कारण अनुसन्धानमा कठिनाई आएपनि पछि सहज भएको प्रवक्ता एक नारायण कोइरालाले जानकारी दिनुभयो ।

हत्याको कारण १७ वर्षिया युवतीसँगको सम्बन्ध रहेको तर कस्तो सम्वन्ध भन्ने थप अनुसन्धान भइरहेको प्रवक्ता डिएपी कोइरालाले जानकारी दिनुभयो । पक्राउ परेकाहरुले हत्या पनि स्विकार गरिसकेको प्रहरीले जानकारी दिएको छ । हत्याराहरु सो बालिकाको आफन्त भएको कारणले हत्या आवेगमा आएर वा नियतबस के हो खुल्न बांकी रहेको जानकारी दिएको छ । सबैलाई ५ दिनको म्याद थपि गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply