गैँडाकोट नगरपालिकाका किसान कृृषि क्षेत्रमा व्यवसायिक हुन नसकेको कृषि अधिकृत शर्माको भनाई, बिउ वितरण अब नगरिने ।।

0

हिमा अर्याल, गैँडाकोट, मंसिर २१ ।
नयाँ कृषि अभियान कृषि सहकारी सस्था लिमिटेडले आयोजना गरेको फलफुल तरकारी एवम् कृषि सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम आज गैँडाकोट ८ मा सम्पन्न भएको छ । गैँडाकोट कृषि उपज संकलन तथा विक्रि केन्दमा भएको प्रशिक्षण कार्यक्रममा बोल्दै गैँडाकोट कृषि शाखा अधिकृत राजु प्रसाद शर्माले गैँडाकोट नगरपालिकाका किसान कृृषि क्ष्ँोत्रमा व्यवसायिक हुन नसकेको बताउनु भएको छ । किसानको लागि अनुदानको व्यवस्था गरिए पनि व्यवसायिक रुपमा लाग्ने भनेर अनुदानको फर्म भर्न आउने किसानको सख्या निकै कम रहेको बताउनु भयो ।
करेसा बारिमा उत्पादनको लागि अनुदान छुटउने र विउ वितरण गर्ने काम कृषि शाखाले कुनै पनि हालतमा नगर्ने बताउदै शर्माले कृषि उपज उत्पादन गरि बजार सम्म ल्याउन सक्ने किसानलाई जस्तो सुकै सहयोग गर्न कृषि शाखा तयार रहेको बताउनु भयो । विउ वितरणमा लाखौ खर्च हुने तर उपलव्धी अहिले सम्म केहि नदेखिएको बताउदै उहाँल विउ विजन वितरणमा रकम अब खर्च नगरिने बताउनु भयो । शर्माले उपलव्धी देखिने गरेर कृषि उत्पादनमा जोड दिन आफुले प्रयास गरिरहेको बताउनु भयो ।
अनुदानको लागि निश्चित मापदण्ड राखिएको बताउदै मापदण्ड अनुसार कृषि व्यसायिकताको लागि आवेदन दिन उहाँले आग्रह समेत गर्नु भएको थियो । शर्माले नर्सरी कसरी गर्ने र रोग किराको नियन्त्रण कसरी गर्ने भन्ने बारे जानकारी गराउनु भयो ।
यस्तै कृषि शाखाका साहायक प्राविधिक सुस्मीता गौतमले फौजि किराको प्रकोप र नियन्त्रण विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बडा नं ८ का वडाध्यक्ष डिलाराम रिजालले कृषि क्षेत्रमा व्यवसायिक बन्न आग्रह गर्नु भयो । व्यवसायिक उत्पादनमा जोड दिने कृषकलाई वडाको तर्फबाट गर्न सक्ने सहयोगका लागि आफु तयार रहेको रिजालले बताउनु भएको थियो । कृषि उपज संकलन तथा विक्रि केन्द्रका अध्यक्ष यदुनाथ सिक्देलले अव तरकारीलाई बजारको उपलव्धता संगै उत्पादनमा किसानलाई सहयोग गर्दै केन्द्र अगाडि बढ्ने बताउनु भयो ।
सल्लाहाकार संयोजक भोजराज भट्राईले किसान चौतारिको उपयोग गर्न आग्रह गर्नु भयो । कार्यक्रमको सहजिकरण नयाँ कृषि अभियान कृषि सहकारी सस्था लिमिटेडका सचिव बेद प्रसाद काफ्लेले गर्नु भएको थियो । फलफुल तथा तरकारी मुल्य श्रृखला विकास आयोजना ललितपुर र गैँडाकोट नगरपालिकाको सहयोगमा गरिएको प्रशिक्ष्ाँण कार्यक्रम नयाँ कृषि अभियान कृषि सहकारी सस्था लिमिटेडका अध्यक्ष ढकबाहादुर कार्किको अध्यक्षतामा सम्पन्न भएको हो । कृषि अधिकृत राजु शर्मा र साहायक प्राविधिक सुस्मिता गौताम प्रशिक्षक रहनु भएको प्रशिक्षण कार्यक्रममा गैँडाकोट नगरपालिकाका विभिन्न वडाका ३० जना किसानको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply